३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्थानीय जनप्रतिनिधिलाई विदेश भ्रमणमा कडाइ

सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई विदेश भ्रमणमा कडाइ गरेको छ। सरकारले पठाएको बजेटबाट विदेश भ्रमणका कुनै पनि कार्यक्रम नराख्न सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेको छ। नगरपालिका/गाँउपालिकाको साधन र स्रोतबाट विदेश भ्रमण गर्न चाहने जनप्रतिनिधिलाई पनि सरकारले कडाइ गरेको छ।

विपी राजमार्गमा टाइम कार्डमा कडाइ

बिपी राजमार्गमा दुर्घटना बढेपछि गति सीमित गरि दुर्घट्ना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ।

तिब्बत र नेपाली सीमा क्षेत्रमा अन्तरदेशीय विवाहमा कडाइ

चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले उत्तरी ताप्लेजुङका सिमावर्ती क्षेत्रमा हुँदै आएको अन्तरदेशीय बिवाहमा कडाइ गर्ने भन्दै स्थानीयलाई ‘सचेत’ गराइदिन नेपाली सिमाक्षेत्रका जनप्रतिनिधिलाइ खबर पठाएको छ ।  ‘नेपाली केटीलाई विवाह गरेर तिब्बत तर्फ लैजान तथा तिब्बती केटीलाई नेपाल तर्फ ल्याउन कानुनले अप्ठ्यारो हुने भन्दै तिब्बत प्रशासनले खबर पठाएको छ’ सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँ कार्यपालिका प्रवक्ता छेतेन वालुङले भने । उनले अन्तरदेशीय बैवाहिक सम्बन्धको सवालमा तिब्बतको रिउ प्रशासन कडा रुपमा प्रस्तुत भएको बताए।

श्रीलङ्कामा झडपपछि सुरक्षा व्यवस्थामा कडाइ

श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।  प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको थियो।

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको  छ।

सीमानाकाको सुरक्षा व्यवस्थामा कडाइ

चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ

सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।

सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ

आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

रोहिन्जा रोक्न सीमामा कडाइ गर्न निर्देशन

सरकारले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिन्जालाई नेपाल प्रवेश गर्न नदिन भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भारत हुँदै रोहिन्जा नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि गृह मन्त्रालयले भारतसँग जोडिएका सीमा नाका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सतर्क रहन निर्देशन दिएको हो।

पत्रकारलाई निगम प्रवेशमा कडाइ

एकपछि अर्को अनियमितता सार्वजनिक भएपछि आयल निगमले पत्रकारलाई निगम परिसर प्रवेशमा कडाइ गरेको छ। निगमको जग्गा खरिदमा भएको घोटाला सार्वजनिक भएपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई निगम प्रवेश गर्न समय सीमा तोकेका हुन्।

अनियमितता सार्वजनिकपछि पत्रकारलाई आयल निगम प्रवेशमा कडाइँ

एकपछि अर्को अनियमितता सार्वजनिक भएपछि नेपाल आयल निगमले पत्रकारलाई निगम परिसर प्रवेशमा कडाई गरेको छ। निगमको जग्गा खरिदमा भएको घोटाला सार्वजनिक भएपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई निगम प्रवेश गर्न समय सीमा तोकेका हुन्।

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

आपूर्ति मन्त्रालयले कडाइका साथ बजार अनुगमन गर्ने

बजारमा अखाद्य वस्तुका साथै म्याद नाघेका दैनिक उपभोग्य वस्तु भेटिएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले शुक्रबारबाट कडाइका साथ बजार अनुगमनको तयारी थालेको छ।

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ ।

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्