१० मंसिर २०८१ सोमबार
image/svg+xml

गृहमन्त्रीको अभिव्यक्ति विरोधाभाषपूर्ण

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं काँडाघारीका बालक निशान खड्काको हत्या तथा उनका हत्याको आरोपितको ‘इन्काउन्टर’ का बारेमा विरोधाभाषी अभिव्यक्ति दिएका छन्।

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने : अर्थमन्त्री

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेट भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र केसीबीच भेट भएको हो।

सरकारले लुकायो राजदूत सिफारिस निर्णय

सरकारले भारत र मलेसियाका लागि राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको नाम सिफारिस गर्ने आफ्नै निर्णय लुकाएको छ

गण्डकी प्रदेशमा ३२ सय कर्मचारी आवश्यकः मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कर्मचारी अभावले प्रदेशमा काम गर्न समस्या भएको बताएका छन् ।

निशानका हत्यारा मुठभेडमा नै मारिएका हुन्, फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई प्रहरी २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन्।

सुन काण्ड बारे नयाँ टीमले थप अनुसन्धान गर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका बारेमा नयाँ टीमले थप अनुसन्धान गर्ने बताएका छन्।

मन्त्री साहको चुनौती : पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको देखाउनुस्, अहिल्यै राजीनामा दिन्छु

प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन्।

'निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ'

काँडाघारीका बालक निशान खड्काको अपहरण पछि हत्या र अपहरणमा संलग्नको इन्काउन्टरबारे राष्ट्रिय सभामा प्रश्न उठेका छन्।

नेपालको आर्थिक विकासमा विश्व बैंकलाई सहयोग गर्न आग्रह

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन्। विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई वासिङ्टन डिसीमा‌ सम्वोधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे।

यस्तो छ प्रधानमन्त्रीको सचिवालय

पहिलोपटक प्रधानमन्त्री हुँदा सल्लाहकार र सचिवालय चुस्त बनाएको भनेर चर्चा कमाएका केपी शर्मा ओलीले यसपटक पनि सचिवालयलाई प्रभावकारी बनाउने प्रयास गरेका छन्।

‘विश्वविद्यालय शिक्षा सुधार्छु’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकविद्यालयभित्र रहेका भद्रगोल अन्त्य गर्न आफू सक्रिय रहेको बताएका छन्।

मोदी व्यस्त हुँदा इपिजीले प्रतिवेदन बुझाउन सकेन

भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको साझा प्रतिवेदन दुवै देशका सरकार प्रमुखलाई बुझाउन ढिलाइ हुने भएको छ।

आयोग प्रभावकारी हुनेमा शंका

मन्त्रीपरिषद्को असार ३२ गतेको निर्णयले गठित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साउन १६ गते उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा नेकपा निकटका व्यक्तिहरुलाई ल्याइएको आरोप विज्ञहरुको छ।

इमरानलाई आज प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

पाकिस्तानको तेहरिक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई सोमबार औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्