किट अभावले शङ्कास्पद परीक्षणबिनै फर्कन बाध्य
जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ।
जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ।
लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ।
प्रजनन् हुने बेलामा जिल्लाका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहारा अभाव भएको छ । भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि आहारा नहुँदा समस्या भएको छ ।
सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् ।
सरकार हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ। जसका कारण सरकार आफैं विवादमा फस्दै गएको छ भने ऊसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड १९ को संभावित उपचारको लागि भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषlध माग गरेपछि भारत सरकारले यो औषधी निर्यात गर्ने भएको छ। तर भारत सरकारको यो निर्णयका कारण भारतमा यो औषधीको अभाव हुन सक्ने जानकारहरुले बताएका छन्।
अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ।
जुम्ला रारागाउँका जीतबहादुर दमाइ बिरामीले थलिएको एक बर्ष बित्यो। उनी अहिले पनि हिड्न र कुनै पनि काम गर्न सक्दैनन्। ४० बर्षका जितबहादुर बिरामीले छटपटिदा घरमा कमाउने कोही छैनन्। उनकी पत्नीको पनि एक बर्ष अघि सुत्केरी भएको तीन दिनपछि मृत्यु भयो। अहिले जीतबहादुर बेसहारा छन्।
जनकपुरधाममा केही दिनदेखि रगतको व्यापक अभाव भएको छ।सङ्घसंस्थाबाट हुने गरिएका रगतदान केही दिनदेखि हुन नसकेका कारण जनकपुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिँहले जानकारी दिए।
पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकाका जनतालाई सेवा दिइरहेको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित प्राथमिक उपचार केन्द्रमा बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) छैन।
विश्वव्यापी कोरोना भाइरसको त्रास बढेसंगै हिमाली जिल्ला डोल्पाका बजारहरुमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन थालेको छ। जिल्लाका दुनै त्रिपुराकोट जुफाल र खदाङ्ग लगायतका बजारहरुमा ब्यापारीहरुले दैनिक उपभोग्यबस्तु चामल चिनी तेल र दाल लगायतका बस्तुहरु लुकाएर राखेपछि कृतिम अभाव सृजना भएको हो।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लामो दुरीका यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिएसंगै दैलेखमा खाना पकाउने ग्यासको अभाव गरिएको छ। स्थानीयहरुले कृतिम ग्यास अभाव भएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अगुनमन भएको छ।
विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै बजारमा नुनको बिक्री बढेको छ। कोरोना भाइरसको त्रासले एउटै उपभोक्ताले १० किलोसम्म नुन लैजान थालेका छन्। नुन अभाव हुने हल्लाको पछाडि लागेर उपभोक्ताले घरमा नुन थुपारेका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ। विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो। संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपत भन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो।