४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

चौंरीलाई आहारा अभाव

पाँचथरको फालोटमा चराउन लगिएका चौरी । फाइल तस्बिर ः गिरिराज-नागरिक

पाँचथर, - प्रजनन् हुने बेलामा जिल्लाका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहारा अभाव भएको छ । भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि आहारा नहुँदा समस्या भएको छ ।

चौरीपालकका अनुसार प्रजनन्का बेला चौरीका लागि दाना अभाव भएको हो । जिल्लाको फालेलुङ र याङ्वरक गाउँपालिकाका विभिन्न ठाँउमा पालिएका चौरीका लागि आहारा छैन । उच्च पहाडी सीमावर्ती क्षेत्रमा रहेका गोठमा नजिकको भारतीय बजारबाट आहारा ल्याएर खुवाउने गरिन्थ्यो । फालेलुङको फालोटसम्म भारतीय गाडीले आहारा आपूर्ति गर्थे भने याङ्वरकका विभिन्न ठाँउका चौरी गोठबाट नजिकको भारतीय बजारबाट आहार ल्याइन्थ्यो ।

चौरीपालकका अनुसार दाना, नुन, सर्वोत्तम आहाराको अभाव भएको हो । ‘भारतीय व्यापारीले यतिबेला आहारा उधारोमा दिन्थे । पछि उनीहरुलाई हामी घ्यू दिन्थ्यौं । अहिले सीमा बन्द छ ।  चौंरीलाई दिने आहारा सकिएर समस्या भयो,’ फालेलुङको फालोटका गोठ सञ्चालक चन्द्रलाल नेपालले भने, ‘चौरीलाई सन्तान उत्पादन गर्ने बेला बढी नै आहारा खुवाउनुपर्छ । यही बेला आहाराको अभाव भयो, ल्याउने ठाउँ पनि छैन ।’

फालेलुङमामात्र २१ चौरी गोठ छन् । यसबाहेक गाई, भेडीगोठ पनि छन् । याङ्वरक गाउँपालिकामा १० चौंरीगोठ छन् । फागुनदेखि जेठसम्म मुख्य सन्तान उत्पादन हुने अवधि हो । यतिबेला दानापानीको महŒवपूर्ण समय भएको नेपालले बताए । 

फालेलुङमा ६ सय र याङ्वरकमा तीन सयको हारहारीमा चौरी रहेको बताइएको छ । नेपालकै बाटो भएर गोठसम्म दाना लैजान सक्ने अवस्था छैन । ‘चौरीपालक साह्रै पीडित भयौं । मुख्य चौरीजन्य उत्पादनको सिजन सुरु हुँदै गर्दा आहारा अभाव छ । नेपालबाट ल्याउन पनी लकडाउन छ । यतिबेला हामीसँग पैसा पनि हुदैन । चाररातेका चौंरीपालक जंग राईले भने, ‘भारतबाट ल्याउन सम्भव छैन । यो बेला स्थानीय सरकार, प्रदेश सरकारले हामीलाई सहयोग गर्नुपर्छ ।’

प्रकाशित: २ वैशाख २०७७ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App