पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनीमा मंगलाबर दिउँसो भारतीय गाडीले ठक्कर दिँदा एक जना महिला सिटी सफारी चालकको मृत्यु भएको छ।
सुनसरी रामधुनी वडा नं. ९ बस्ने बर्ष ३६ की सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। चौधरी घाइते भई उपचारको लागि स्थानीय ओमसाई अस्पताल झुम्कामा लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको हो।
मंगलबार दिउँसो १.५० बजेको समयमा रामधुनी वडा नं. २ शिवचोक स्थित पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ख ४३१५ नम्बरको सिटि सफारीलाई सोहीदिशातर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्कारपियोले पछाडिबाट ठक्कर दिँदा सिटी चालक चौधरी घाइते भएकी थिइन्।
प्रहरीले ठक्कर दिने स्कारपियो चालक देश भारत विहार सितामढी सोनबरजा बस्ने ३४ वर्षे अनिरूद्र सुढीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।
प्रकाशित: ४ मंसिर २०८१ १७:४९ मंगलबार