८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

सर्पले डस्दा महिलाको मृत्यु

घाईते भई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक जेशी शाहले बताए।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

बसको ठक्करबाट एक महिलाको मृत्यु

भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

बसको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ।

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा महिलाको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ।

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु

राष्टकोटबाट लालीघाट आउँदै गरेको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

अस्पताल भर्ना भएको ६ घण्टामा संक्रमित महिलाको मृत्यु

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ।

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो। दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन्। मृतकको शवलाई आइतबार घर ल्याइएको छ।

कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्