२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका-७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नं को बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नं को बसले ठक्कर दिंदा उनी गम्भीर घाइते भएकी थिइन्।

गम्भीर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। उनको शव परीक्षणका लागि हेटौडा अस्पतालमा राखिएको छ। मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ क ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: ६ पुस २०७९ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App