२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

करले इन्टरनेट महँगो

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए।

वित्तीय क्षेत्र र समष्टिगत आर्थिक क्षेत्रबीच आपसी सम्बन्ध

मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।

रसुवा भन्सारमा आर्थिक वर्ष सकिन ५ महिना बाँकी हुँदा १७ प्रतिशत मात्र राजस्व संकलन

चालु आर्थिक वर्ष २०७७/७८ सकिन ५ महिना मात्र बाँकी रहँदा रसुवा भन्सार कार्यालयले १७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

साउनयता २४ कम्पनी कालोसूचीमा

चालु आर्थिक वर्षको साउनदेखि माघको दोस्रो सातासम्म सार्वजनिक खरिद ऐन विपरीत काम गरेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

आधा वर्षमा १४.४ प्रतिशत मात्रै विकास खर्च

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार लक्षित बजेटको १४.४ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले विगतमा जस्तै यो वर्ष पनि पुँजीगत बजेट खर्च गर्न नसकेको हो। विगतमा सामान्य अवस्थामा पनि पुँजीगत बजेट खर्च गर्न नसकेका अधिकारीहरूलाई यस वर्ष कोभिड–१९ गतिलो बाहना बनेको छ।

सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक

भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो।

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

आर्थिक संकटसँगै फिल्म क्षेत्रबाट पलायन हुँदै प्राविधिक

विगत ४१ वर्षदेखि विभिन्न नेपाली फिल्मको कला तथा भेषभूषामा काम गरिसकेका उद्धवराज भट्टराई (जुडे) बैतडीको पाटनस्थित पुर्खौली थलो फर्किएर युवा पुस्तालाई सीप सिकाउन लागि परेका छन्।

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन्।

जापानमा थप सात सय अर्ब डलरको आर्थिक प्याकेज

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन्।

सांसद गुरुङद्वारा ४५ करोड विनियोजन

तनहुँ क्षेत्र नं १ ‘क’ को समष्ठीगत विकासका लागि चालु आर्थिक वर्षमा करिब ४५ करोड खर्च हुँदै छ। प्रदेशसभा सदस्य रामबहादुर गुरुङको पहलमा गण्डकी प्रदेशले मोटरेबल पुलका लागि करिब ३२ करोड रुपैयाँ र सडकमार्गका लागि १३ करोड रुपैयाँ गरी कूल ४४ करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ।

निर्यात हुने प्रमुख वस्तु भटमासको तेल, निकासी पाँच गुणा बढी

वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको भटमास तेल भारत निकासी भएको देखिएको छ।

सबैभन्दा बढी कर बुझाउनेलाई सम्मान

खोटाङको सालपा विकास बैंकलाई जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारुपमा सम्मान गरिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा सालपा विकास बैंकलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो।

आसियान, चीन र अरु साझेदारबीच व्यापार सम्झौतामा सहमति

चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ।

दुःखीलाई दुःखीले दिएको ‘१५५ रूपैयाँ’

बच्चा पाल्ने अभिभारा उनको काँधमा आयो। पहिले उनी माडे (माडवारी)को घरमा काम गर्थिन्। पछि भारी बोक्नुपर्ने बाध्यता आइलाग्यो। सडकमै भौतारिएर हिँड्छिन् तर कोरोनाका कारण भारी बोक्ने काम पाउन मुस्किल भएको उनले सुनाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्