२४ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा फागुको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्। हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।

प्रधानमन्त्रीद्वारा १५ राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराइएको हो।

प्रधानमन्त्रीद्वारा राजीनामा

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासहित म प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्छु।

प्रधानमन्त्रीद्वारा चुनाब सार्न प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ३१ गते हुने चुनाब सार्न निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन्। प्रधानमन्त्री र आयोग पदाधिकारीबीच बुधबार बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन्।

प्रधानमन्त्रीद्वारा भरतपुर लंकूमा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आज बिहान चितवन भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लक्ष्मी मावि लंकूको केन्द्रमा मतदान गरेकाछन्। मतदानका लागि प्रधानमन्त्री दाहाल र उनको परिवार शनिबार दिउँसो नै भरतपुर आएको हो।

प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक अाह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक डाकेका छन्।

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने सहमति भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसको परामर्शमा जुटेका छन्।

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग : संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने?

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयमा सत्ता समर्थक मधेसी मोर्चाको आधिकारिक धारणा माग गरेका छन्।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ४३ सदस्यीय

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

प्रधानमन्त्रीद्वारा गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका छन्।

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।

सार्क छलफल काठमाडाैंमा सुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी छलफलको बिहीबार राजधानीमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीद्वारा नतिजामुखी हुन प्राधिकरण सिइअाेलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नतिजामुखी कार्यसम्पादनका लागि निर्देशन दिएका छन्। पुनःनिर्माण प्राधिकरणको सुस्त कार्यशैलीप्रति असन्तुष्ट प्रधानमन्त्रीले सिइअाेलाई परिणाममुखी हुन अाग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्