११ चैत्र २०८२ बुधबार
image/svg+xml

मनाङमा कांग्रेसका टेकहादुर गुरुङ विजयी

हिमाली जिल्ला मनाङमा पनि कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। यो समेत गरेर उनको संसदमा तेश्रो सहभागिता हो।

सर्लाही-२ मा रास्वपाका रविनको भारी अग्रता, एक हजार बढी मत बदर

जानकारी अनुसार नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादव २ हजार ४२९ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, जाँतो चुनाव चिह्नका राजेन्द्र महतोले एक हजार ८९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सरोज कुमारले ६७७ मत पाएका छन्।

खोटाङमा श्रम संस्कृति पार्टीले लियाे अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका भएकाे मतगणनामा श्रम संस्कृति पार्टीकाे आरेन राईले २१४ मतकाे साथ अग्रता लिएकाे छ।

इलाम-१ मा कांग्रेसका निश्कलको अग्रता

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसका निश्कल राईले ३९९ मत प्राप्त गरेका छन् ।

मोरङका सबै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता: दिग्गज नेताहरू निकै पछाडि

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।

रौतहटका तीन क्षेत्रमा रास्वपाको अग्रता

रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले एक सिटमा अग्रता लिएका छन् ।

काठमाडौं–१ मा समानुपातिक मतगणना सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ।

भक्तपुर-२ : एमालेका बस्नेत रास्वपाका खत्रीभन्दा ६ हजार मतले पछि

खत्रीले नौ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग ६ हजार ३ सय २१ मतले अग्रता कायम राखेका छन्।

सुहाङलाई पछि पार्दै श्रम संस्कृतिका सुदीपको अग्रता

इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पछि पारेका छन् ।

विजयको नजिक पुगे पुष्पकमल दाहाल

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल विजयको नजिक पुगेका छन्।

उदयपुर १ मा रास्वपा र २ मा श्रम सँस्कृतिको सुरुवाति अग्रता

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम सँस्कृति पार्टीले सुरुवाति अग्रता लिएका छन्।

अछाममा भीम रावल र यज्ञ बहादुर बोगटीको अग्रता

अछाम-२ मा नेकपा (एमाले) का बोगटी ७२६ मतका साथ अगाडि रहेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ४३३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका भुप देव शाहले ३५५ मत प्राप्त गरेका छन्।

सुनसरी-३ मा रास्वपाका चौधरी अगाडि

सुनसरी ३ मा रास्वपाले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक कुमार चौधरीले तीन हजार २५५ मत ल्याएका छन् ।

निर्वाचन मतगणनाः रास्वपा सय स्थानमा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार एक सय स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्