रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले एक सिटमा अग्रता लिएका छन् ।
यो समाचार तयार पारुन्जेल क्षेत्र नं.१ मतगणनाको पछिल्ला परिणामबाट रास्वपा उम्मेदवार राजेश चौधरीको पक्षमा ४६५२, क्षेत्र नम्वर ३ धिरज पटेलको पक्षमा २७५ र क्षेत्र नम्वर ४ मा गणेश पौडेलको पक्षमा ६९४५ मत प्राप्त गरेर जिल्लाको चार वटा निर्वाचन क्षेत्र मध्ये तीनमा रास्वपाले अग्रता लिएका हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.फिरदोस आलमको पक्षमा ७२८ मत प्राप्त गरेर काँग्रेसको शाख बचाउने अभियानमा अग्रता कायम राख्न सफल भएको प्रारम्भी रुझानमा देखिन्छ ।
रौतहटमा हाई प्रोफाइल भएका उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल क्षेत्र नम्वर १ बाट चुनावी मैदानमा हुनुहुन्छ उनको अहिलेको अवस्था पाँचौं नम्वरमा छन् ।
नेपाल यहाँबाट पटक पटक निर्वाचित भएपनि रौतहटको लागि खासै केही नगरेको जनगुनासो गर्दै यसपाली उनलाई रौतहट १ का जनताले पुरानो दललाई नकार्दै नयाँ पार्टी प्रति विश्वास देखाएको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:१६ शुक्रबार





