खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका भएकाे मतगणनामा श्रम संस्कृति पार्टीकाे आरेन राईले २१४ मतकाे साथ अग्रता लिएकाे छ।
जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईकाे अनुसार केपिलासगढीको ३ बास्पानी र ४ बाक्सिलाको ५२० मत गन्दा नेकपा एमालेकाे देवविक्रम राईले ५९, नेपाली कांग्रेसकाे विरकाजी राईले ११० र नेपाली कम्युनिष्ट पार्टीका हरि राेक्काले ६० मत प्राप्त गरेका छन्। अहिलेसम्मकाे गणनामा ४० मत बदर रहेकाे छ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङकाे मतगणना केपिलासगढी गाउँपालिकाका बासपानी र बाक्सिलाबाट सुरू भएकाे हाे।
खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:२७ शुक्रबार





