हिमाली जिल्ला मनाङमा पनि कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। यो समेत गरेर उनको संसदमा तेश्रो सहभागिता हो।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २ हजार ४ सय १५ मत पाएका छन। उनका प्रतिश्पर्धी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत मात्र पाएकी छिन्। तेश्रो भएको मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले जम्मा ९ मत पाएका छन। जिल्लामा ७ हजार मतदाता रहेकोमा २९ सय २३ मत खसेको थियो।
विजयी भएका गुरुङको संसदमा तेश्रोपटकको सहभागिता हो। उनले यसअघि २०७० को संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए। त्यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। योपटक समेत गरेर उनको संसदमा तेश्रो सहभागिता हो।
यो पटक मनाङमा कांग्रेस, एमाले र राप्रपाका तर्फबाट टेकबहादुर एक्ला उम्मेदवार थिए। उम्मेद्वारी दिने बेलामा एमालेका पोल्देन छोपाङ गुरुङले पनि उम्मेदवारी दिएका थिए। तर, पछि टेकबहादुरलाई समर्थन गरेका थिए। राप्रपाका कुविरसिंह गुरुङले पनि टेकबहादुरलाई नै समर्थन गरेका थिए।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:३८ शुक्रबार





