८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटाैं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।

आफ्नालाई लखेटेर बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्नु राजनीतिक विसंगति हो : भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।

ओलीको कार्यकालमा जनताको भलो भएन अब राजसंस्था कायम गर्नुपर्छः अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्।

किसानका लागि मेरो कित्ता कार्यक्रम आजैदेखि शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताएका छन्।

प्रधानमन्त्रीको तातो कुर्सीमा बसेकाले ओलीको दिमाग पनि तातो भयो: नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन्।

देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।

एकै दिन १६५ सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जाल विस्तारकोे थालनी गर्दै तीन वर्षभित्रै २२ सय १० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा सडकको पहुँच विस्तार गर्न रणनीतिक सडक सञ्जालको अवधारणा कार्यान्वयन गर्न लागेको हो।

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले देशको आवश्यकता र संसद्को गणित फरक परेको भन्दै संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्ने बताए।

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो। 'दिनदिनै मेरो राजीनामा मागेका छन्। एक दिन होइन। दुई दिन होइन। एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्', उनले भने,'मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु। तैपनि लिँदैनन्। अनि राजीनामा माग्दछन्। समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि।

तीन वर्षमा २ हजार २१० किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन्।

प्रधानमन्त्रीद्वारा एकैसाथ एक सय ६५ रणनीतिक सडकको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा रणनीतिक सडकको शुभारम्भ गरेका छन्।

सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैनः प्रधानमन्त्री ओली

'यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिवाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन', प्रधानमन्त्री ओलीले भने। सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्