प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। भोली (शनिबार) विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएकाे छ।
स्रोतका अनुसार कोरोना भाइरसको महामारी र बिकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो।
प्रकाशित: ३ वैशाख २०७८ ०९:१४ शुक्रबार