८ आश्विन २०८१ मंगलबार
image/svg+xml

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।

पुनर्स्थापित संसद्लाई तानातानको थलो बनाइयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले पुनर्स्थापित संसद् देश र जनताको समस्यामा भन्दा पनि राजनीतिक दलहरुको तानातानको थालो बन्न गएको तर्फ संकेत गरे।

जसपालाई फकाउँदै ओली

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।

चर्को आलोचनापछि सूर्य थापाले हटाए प्रचण्डमाथि व्यंग्य गरेको पोष्ट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन्।

प्रचण्डलाई सूर्य थापाको व्यंग्यः आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत

पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन्। संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए।

निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

उनले भने, 'प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ। त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ?' उनले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गरे।

सभामुख सापकोटाले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीले किन रोके जसपालाई

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि सारेका मुद्दा सम्बोधन गर्ने आश्वासनसहित सहकार्यका लागि प्रयास गरेका हुन्।

नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्।

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने,'कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ।' यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए।

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबीः सबैलाई कारबाही गरेर देखाउन चुनौती

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।

अलमलमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ। माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ।

चिसिँदै सरकार–संसद् सम्बन्ध

सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै आफ्ना विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्‍याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्