प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।
मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले आगामी तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याउन ढिलाइ गर्न नहुने बताएका हुन्।
'मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन सकिन्छ', उनले भने, '३ वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याउनै पर्छ।'
प्रकाशित: २० चैत्र २०७७ १०:४२ शुक्रबार