७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे।  

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो। 'दिनदिनै मेरो राजीनामा मागेका छन्। एक दिन होइन। दुई दिन होइन। एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्', उनले भने,'मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु। तैपनि लिँदैनन्। अनि राजीनामा माग्दछन्। समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि।'

प्रकाशित: २१ चैत्र २०७७ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App