२० फाल्गुन २०८२ बुधबार
image/svg+xml

इजरायली आक्रमणबाट इरानमा पाँच दिनमा एक हजारको मृत्यु

अमेरिका-इजरायल आक्रमणबाट इरानमा पाँच दिनमा १ हजार ४५ जनाको मृत्यु भएको त्यहाँको सरकारी संचार माध्यमले बताएका छन्।

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

रौतहट–४ मा भगत निष्क्रिय, धमलालाई समर्थन

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक समीकरण बनेको छ। सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै ऋषि धमलालाई समर्थन गर्ने घोषणा गरेका छन्।

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले कहाँबाट गर्दैछन् मतदान ?

पार्टीका वरिष्ठ नेता शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। उनले मतदान सुरु हुनासाथ अर्थात् बिहान ७ बजे नै मतदान गर्ने तय भएको छ।

गण्डकीका सबै मतदान केन्द्रमा तयारी पूरा

प्रदेश निर्वाचन कार्यालय गण्डकीले गण्डकीका ११ वटै जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा निर्वाचनको तयारी पूरा भएको जनाएको हो।

निर्वाचनको गतिविधि 'मनिटरिङ' गर्न प्रहरीको 'सूचना प्रणाली'

प्रहरीले पालिकास्तरसम्म जनशक्ति कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सूचना प्रणाली तयार गरेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

रविको फेसबुक ‘रिकभर’, भने- पटक-पटक ह्याक गर्ने प्रयास असफल भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो फेसबुक एकाउन्ट पुनः आफ्नो नियन्त्रणमा आएको बताएका छन्।

कालीकाेटमा निर्वाचनको सबै तयारी पूरा, १२८ मतदान केन्द्रमा टोली तैनाथ

कालिकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना स्थललाई सुरक्षित र पारदर्शी बनाउन कडा सुरक्षा व्यवस्था अपनाइएको छ।

मोरङमा सम्पूर्ण तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

मुस्ताङ निर्वाचन: मतदाता ३४, कर्मचारी १८

निर्वाचन आयोगले मुस्ताङको एक मतदान केन्द्रमा ३४ जना मतदाताको लागि १८जना कर्मचारी खटाएको छ।

लमजुङमा निर्वाचनको तयारी पूरा: १९३ मतदान केन्द्रमा पुगे कर्मचारी र मतपेटिका

मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन्।

निर्वाचनको सम्पूर्ण तयारी पूरा, सबै मतदानस्थल र केन्द्रमा सुरक्षा निगरानी

भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका कार्यवहाक आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने आयोगको दाबी

भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको छ।

तपाईंको मत अर्कैले खसाले के हुन्छ ? तपाईंले मत हाल्न पाउने कि नपाउने ?

कतिपय अवस्थामा झुक्याएर वा अन्य उपाय अपनाएर अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि देखिने गरेको छ। यदि कुनै मतदाता मतदान केन्द्रमा पुग्दा आफ्नो नाममा अर्कैले पहिले नै मत खसालेको थाहा पाए भने के हुन्छ?

हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)

हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्