१२ असार २०८१ बुधबार
image/svg+xml

आठराइ त्रिबेणी गाउँपालिकामा संक्रमितकाे संख्या बढ्दै, मृतककाे संख्या १८ पुग्यो

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन्।

संक्रमण दर भन्दा निको हुने दर बढ्दै

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। जिल्लामा ४ हजार ३ सय २ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९ सय १८ जनामा संक्रमण भेटिएको हो।

खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै

पछिल्लाे केहि सातायता खोटाङमा काेराेना संक्रमण जित्नेको संख्या बढ्दै गएकाे छ। मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ सय ७९ हुँदा संक्रमण जित्नेको संख्या ८२३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

पश्चिमका नदीमा बढ्दै पानीको बहाव

नदीहरुको हालको अवस्था मंगलबार बिहानको मापनअनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सबै नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ।

खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै

खोटाङका ४ सय ६३ जनाले कोरोना जितेका छन्। स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार २ सय २१ जनालाई संक्रमण हुँदा २ सय २१ पुरुष र १ सय ३४ महिलाले संक्रमण जितेका हुन्।

मनाङमा कोरोना जित्ने बढ्दै

हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन्। केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन्।

धनकुटामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै

आइताबार गरेको परिक्षणमा शहिद भुमि गाउँपालिकामा २९, महालक्ष्मी नगरपालिका १६ र धनकुटा नगरपालिकामा १५ जना गरी ६० जनामा संक्रमण देखिएको हो।

सुदूरपश्चिममा काेराेनाः निषेधाज्ञामा पनि बढ्दो संक्रमण

सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायःजसो जिल्लामा निषेधाज्ञा लागु गरियो।

अक्सिजन नपाएर ज्यान गुमाउँदै संक्रमित

कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ ।

नीतिगत उदारताले मात्र लगानी बढ्दैन

हैटी तथा क्युबाको प्रगतिमा उदार अर्थव्यवस्थाको हात छ तथापि लागत प्रतिस्पर्धी र गुणस्तरीय वस्तुविना नीतिगत उदारताले मात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।

कोरोना संक्रमित बढ्दै, तयारी अझै भद्रगोल

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पोण्डेले बताए।

सुदूरपश्चिममा कोराेना संक्रमणकाे अवस्था भयावहः १० दिनमा १ सय १६ को मृत्यु

सुदूरपश्चिममा कोराेना भाइरसकाे नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिममा संक्रमणले मृत्यु दर बढ्दै गएको छ। यहाँ कोराेना संक्रमणले पछिल्लो १० दिनमा १ सय १६ जनाको ज्यान गएको छ।

प्रहरीकै भरमा निषेधाज्ञा, अटेरी गर्नेको संख्या बढ्दै

नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका विभिन्न जिल्ला भइरहेका प्रहरी चेकिङ थप कडाइ गरेको छ। सामान्य परिचयपत्रका आधारमा निषेधाज्ञाको अवज्ञा गर्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो।

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन्।

संक्रमण बढ्दै, तयारी सुस्त

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार सिरहाको माड्र नाकाबाट दैनिक करिब २० जना भारतको संक्रमित सहरबाट भित्रिरहेका छन्। माड्र नाकालाई नेपाल सरकार आउजाउका लागि खुला गरिदिएको छ। यस नाकाबाट भित्रिनेहरूको थर्मल गनबाट तापक्रमण जाँचेर घर पठाउने गरिएको छ। नाकामा होल्डिङ स्टेसन सञ्चालन नभएका कारण भारताट आउने जतिलाई घर पठाउनुको विकल्प छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्