६ आश्विन २०८१ आइतबार
image/svg+xml

फेरि सुस्ताए हलेसीका होटल

हाल हलेसीमा सञ्चालनमा रहेका साना तथा ठूला लगानीका होटलमा ताला लागेको छ । ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भइरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाले बनायो होटलमा ३२ बेडको आइसोलेसन सेन्टर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।

कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा

नगरपालिकाले कृषि पर्यटनको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो।

हलेसी मन्दिर १५ दिनका लागि बन्द

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय अनुसार बुधबारदेखि हलेसी मन्दिर गुफा बैसाख मसान्तसम्मका लागि बन्द गरिएको हो।

हलेसी मन्दिर १५ दिन बन्द गर्ने निर्णय

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमबार बसेको बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

हेलिमार्फत पाथीभारा र हलेसी दर्शन, सहकारीबाट किस्ताबन्दीमा सुविधा पाइने

ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध शक्तिपिठ एवं धार्मिक पर्यटकीयस्थल पाथीभाराको सहजरुपमा दर्शन गर्न चाहनेहरुलाई धरानबाट हेलिकप्टर यात्राको सुविधा उपलब्ध हुने भएको छ।

हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण गर्न लागिएको हो।

मुख्यमन्त्री राईले गरे हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशबिदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो।

हलेसीमा १५ दिनमा ७ लाख भेटीघाटी संकलन

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

हलेसी मन्दिरमा एक महिनामा ६ लाख भेटी सङ्कलन

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ। कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो।

हलेसी गुरुयोजना कार्यान्वयनमा जोड

जिल्ला समन्वय समिति खोटाङले त्रि–धार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनमा सहयोग गर्ने कार्यक्रम तय गरेको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित चौथोे जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्नेगरी वार्षिक कार्यक्रम ल्याएको छ ।

हलेसी गुफा संरक्षण योजना बनाइने

हलेसी महादेवस्थान विकास समितिले त्रि–धार्मिकस्थल हलेसी गुफा संरक्षण योजना निर्माण गर्ने निर्णय गरेको छ ।

रामनवमीमा सुनसान हलेसी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा सदियौंदेखि लाग्दै आएको रामनवमी मेला स्थगन भएको छ। रामनवमीको केही दिन अघिदेखि हप्ता दिन पछिसम्म मेला लाग्ने र बाक्लो चहलपहल हुने हलेसी सुनसान बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्