१९ असार २०८१ बुधबार
image/svg+xml

आइसफलले बनाउन लागेको नेपाली फिल्म ‘गुराँस’ ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड

सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ ।

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ। वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

सुनसान गुराँसका बगैंचा (फोटो फिचर)

थरीथरीका गुराँस फूलेर ढकमक्क देखिएको सुकेपोखरीमा पुग्दा यहाँका बासिन्दा विगत वर्षको सम्झना गर्दै थिए। यो साल बेसी गुराँस भएपनि गुराँसको क्षेत्र सुनसान बनेको उनीहरुको भनाई थियो। नयाँ वर्ष नजिकिदै गर्दा यहाँ एक साता लामो मेला लाग्थ्यो। अनेक प्रकारका गुराँसमा रमाउनेहरु जंगलभरी भेटिन्थे।

गुराँसै फुल्यो वनैमा...

यतिबेला पहाडी र हिमाली डाँडाहरू गुराँसले रंगीबिरंगी देखिन थालेका छन्। गएको साता बिहानपख पाँचथरको सोक्पामा केही केटाकेटी घरनजिकै रहेको झ्याम्म परेको रूखबाट गुराँस ल्याएर शिरमा सिउरिँदै थिए।

प्रशोधन केन्द्रले किसानलाई राहत

लालीगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठूलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कृषकलाई राहत भएको छ। स्थानीय सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

लालीगुराँस मैदानले फेरिएको सपना

सम्म पारिएको मैदान, वरिपरि डाँडा र पहाड, पृष्ठभूमिमा देखिने धौलागिरि हिमालको मनोरम दृश्य, गर्मीयाममा पनि चिसो मौसम, मैदानमा केही बालक तथा किशोर क्रिकेट खेलिरहेछन्। यो दृश्य हो लालीगुराँस रंगशालाको। भौगोलिक रूपमा विकट तथा क्रिकेटमा बामे सर्दै गरेको प्युठानमा जिल्लाकै पहिलो रंगशाला हो, निर्मार्णाधीन लालीगुराँस मैदान।

गुराँसे शैलुङ

डाँडै डाँडाहरूको संगम हो शैलुङ (३२००मिटर)। इतिहास, प्रकृति र संस्कृतिको त्रिबेणीधाम। यतिवेला शैलुङ क्षेत्रमा गुराँस र चिमाल फक्रिएको छ। गुराँसको सौन्दर्यमा रमाउनेहरूको भिड लाग्न थालेको छ। नयाँ वर्षदेखि डाँडामा गुराँससँग सेल्फी खिच्नेहरू बढेका छन्। रातो रंगको गुराँस र सेतो रंगको चिमालले डाँडा रंगीन बनेको छ।

आयोजकको विजयी सुरुआत

पाहुना टोली लालीगुराँस क्रिकेट क्लब, झापालाई ८ विकेटले पराजित गर्दै आयोजक कर्णाली ११ ले बिहीबारबाट सुर्खेतमा सुरु भएको दोस्रो कर्णाली प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।

रोमान्स विथ धौलागिरि

गुराँस फुल्ने मौसम। लाली चढिसक्यो वनमा। गुराँसको बैंस हेर्दै धौलागिरिसँग रोमान्स गर्न टोड्के आकर्षक गन्तव्य बन्दै छ। त्यहाँबाट धौलागिरि मात्र होइन, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल पनि देखिन्छ।

लालीगुराँस टिप्न प्रतिबन्ध

चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको छ। चन्दननाथ नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायीक बन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको हो। जथाभाबी फूल टिप्पेर हांगा भाँचिएर गुराँसको रुख सुख्ने खतरा बढेकोले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक बनका अध्यक्ष विर्खबहादुर सार्कीले जानकारी दिए।

गुराँसे हाइकिङ

झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै राताम्मे। नयाँ दुलहीले रातो सारी लगाएझैं देखिने पहाडहरू।

श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ। ६२ औं सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारीमध्ये यसलाई उत्कृष्ट घोषणा गरिएको हो।

चौंरी महोत्सवको निम्तो

गुराँस फूल्न थालिसक्यो। बिस्तारै चौंरीगाई हिमालतिर चढ्दै छन्। उच्च पहाडी क्षेत्रमा गोठ पाल्ने संस्कृति रोचक देखिन्छ। बस्तीबाट माथि खर्कमा चौंरी पालिन्छ। डाँडामा चौंरी चरेका देखिन्छन्। दूध, घ्यु र छुर्पीका लागि गोठाला व्यस्त छन्। अचेल गोठलाई पशुपालनका रूपमा मात्र नलिई गोठ संस्कृतिका रूपमा समेत हेर्न थालिएको छ। यसै सन्दर्भमा फेरि फालेलुङ चौरी महोत्सव गरिँदै छ। तेस्रो चौंरी महोत्सव वैशाख १ गतेबाट चार राते (३,३४० मिटर)मा सुरु हुँदै छ।

संगीतले तात्दै गुराँसको राजधानी

आउँदो नयाँवर्ष तपाईं कसरी मनाउँदै हुनुहुन्छ? नयाँवर्ष पूर्वी नेपालको यात्रा गरेर मनाउने योजना छ भने तपाईंलाई गुराँसको राजधानी तीनजुरे–मिल्केमा स्वागत छ। गुराँसका लागि प्रख्यात रहेको पूर्वी पहाडी यो क्षेत्र आगामी नेपाली नयाँवर्ष अर्थात् २०७६ संगीतमय बन्दैछ। जहाँ विश्वका १ सय २ देशका नागरिकको जमघट हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्