२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी

काठमा – पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ। ६२ औं सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारीमध्ये यसलाई उत्कृष्ट घोषणा गरिएको हो।

राष्ट्रिय सहकारी महांसघद्वारा गठित उत्कृष्ट सहकारी छनोट उपसमितिले श्री लालीगुराँसलाई प्रदेश ३ को उत्कृष्ट सहकारी घोषणा गरेको हो। सो पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन जुलाई पहिलो शनिबार प्रदान गरिनेछ। २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको हो।

प्रकाशित: २१ चैत्र २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App