२६ आश्विन २०८१ शनिबार
image/svg+xml

जे.अस्मिता अर्थात मेरा अभिभावक

कवि एवं गीतकार जे.अस्मिता (दिनेशकुमार श्रेष्ठ) आफ्ना विद्यार्थीले केही न केही सिप सिकून भन्ने अभियानमा समर्पित छन्। उमेरले मभन्दा कान्छा भए पनि भावनात्मक रुपमा उनी मेरा अभिभावक हुन्।

बालापन, बलौटोको रनाहा र सिमलको सिँयाल

अहिले पनि त्यो सिमलको रुख छ । रुख निकै पुरानो छ । तर उस्तै छ । उत्रै छ । सरकारको सिमल रुख काट्न नपाइने नियमले गर्दा बाँचेको छ । नत्र त काठ–तस्करले कहाँ राख्दा हुन् र अहिलेसम्म ! बूढो छ र अझै मान्छेलाई शीतलता दिइरहेको छ । मान्छे अझै त्यहीँ सिँयाल तापेर सुस्ताउँछन् ।

सपना

साँझपख म आफ्नो कार्यालयबाट लखतरान हुँदै फर्कदै थिएँ । कसैले मेरो अनुहारमा केही फ्याँकेजस्तो लाग्यो । यसो हातले छाँमे, केही झोलिलो पदार्थ थियो ।एकैछिनमा मेरो अनुहारमा आगो बलेजस्तो भतभत पोल्न लाग्यो । म चिच्याएँ, ‘उसले मलाई एसिड प्रहार गर्यो । कोही हुनुहुन्छ भने समाउनुस् उसलाई ।’

देश

तिमी देशलाई मात्र भूगोल ठान्छौ देश भन्नु त वर्षौदेखि जमेको रगत, पसीना र आँसुको एउटा दह पनि हो नपत्याए छोई हेर तिमीले टेकेको धर्तीको माटोलाई त्यो अझै ओसिलो छ ।

नयाँ प्रकाशन (...मैले एउटा कोरोना महाकाव्य तयार गरें । छिट्टै भेट्न आउँछु ।’)

धेरै दिनपछि प्रकाशनगृहको ढोका खुल्यो । श्यामदेवले आफूसहित सारा कर्मचारी लगाएर सरसफाइ गरे । एकछिन साहुको कुर्चीमा बसे । उनको दिमागमा के आएछ कुन्नि, सामाजिक सञ्जालमा खुलेको पसलको फोटोसहित एउटा स्टाटस राखे, ‘आज धेरै दिनको विश्रामपछि आफ्नै कार्यकक्षमा ।’

बुझाइ (ढुक्क हुनुस् मामु, अब हुरी आउँदैन !’)

छतबाट हेर्दै भन्यो, ‘मामु, कुन हो हुरी ? म त देख्दिनँ त ! यो आ’को त हावा होइन र ?’ उस्ले प्रश्न ग¥यो । मैले नजिकैका सुपारी, आँप, नरिवल र अलिपर जंगलका अग्लाअग्ला जोडजोडले हल्लिरहेका रुख देखाएर भने, ‘यति जोडजोडले हल्लियो भने हुरी बन्छ । थाहा छ नि हिजो हुरी आउँदा झ्याल ढोका लगाउनै नसकेर सबै पानी भित्र पसेको ।’

मुनामदन र मुग्लान (जाने बेलामा भन्थ्यौ – सुनको चुरा चाँडै पठाउँछु !)

मेरो मनको आँगनमा रहरै रहरको कुन्यू लगाएर जाने बेलामा भन्थ्यौ सुनको चुरा चाँडै पठाउँछु भेटेनौ कि कसो गगनचम्बी महल बनाउने तिम्रो सपना बिस्यौ कि कसो झिलीमिली शहरमा रम्यौ कि उतै भुल्यो प्रियसीलाई या कुनै बन्धनमा पर्यौ बेखबर छौं मदन आखिर किन ?

प्रवृत्ति (कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो आमा ?)

केही समयपछि फेरि ढोकामा नकनक भयो । यसपाला आमाले ढोका खोल्दै भनिन् , ‘ओहो बैनी ,कति दिनपछि मुहार देखाउनुभयो त ? के हो त्यो झोलामा सकीनसकी बोक्नुभयो । किनमेल गरेर आउनुभयो कि ?’ ‘ होइन दिदी , तपाईँले कोठा छाडेर हिँडेपछि हाम्रो भेट नै भएन । समय नि उस्तै पर्यो । बारीभरि तपाईँलाई मनपर्ने तरकारी फलेको थियो लिएर आएँ , चुस्स अनुहार हेर्न नि मन थियो ।’

नारायणी ! तिमी मेरो मुटुको ढुकढुकी

सत्ते नारायणी! मैले आफूलाई तिमीदेखि प......र राखेकै छैन। यो जीवन तिमीजस्तै ढुङ्ग्यानमा खिइँदैखिइँदै अगाडि बढ्दै छ। कहाँ पुगेर टुंगिने हो तैपनि यात्रा निरन्तर छ। तिमीले गन्तव्यमा आएका ढुङ्गामुढा, रुख, बुट्यानहरूलाई पन्छाउँदै पन्छाउँदै अगाडि बढेको देखेर मैले पनि जीवनमा आइपरेका दुःखपीडा, सङ्घर्ष जस्ता बाधाअवरोधहरूलाई पार लगाउँदै जीवनरूपी यात्रालाई अगाडि बढाउन सिकेकी छु।

कोरोना भाइरस मेरो हवाईयात्रा

होटेल क्वारंटाइनपछि घर आइयो । अमेरिकी सरकारले ठाउँठाउँमा कोरोना भाइरस परीक्षण केन्द्रहरु राखिदिएको रहेछ। तिनैमध्ये एउटामा परीक्षण गराएँ । नेगेटिभ नतीजा आएपछि बल्ल जीवन प्रक्रियाहरु सामान्य रुपमा चल्न थाले । यो लेख लेख्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या एक लाख पचासी हजार नाघिसकेको छ । सुरक्षा त संसारको कुनै पनि भागमा छैन अहिले । कोरोना खत्तम गर्ने खोप नआउन्जेल हामीले अत्यंत सतर्कता अपनाई यससंग लड्नु छ, जुध्नु छ अनि आफ्नो सुरक्षा आफैं गर्नु छ । यही अठोट गरी यस पातालनगरीमा बाँचिरहेकी छु ।

घाम देखे घाम राम्रो, जून देखे जून !

हिल्दूमको ओरालोमा मैले टेकेको ढुङ्गा खस्कियो । घुसमुटिएर दुई बल्ड्याङ खाएँ मैले । जङ्गजीले च्याप्प समातिहाल्नुभयो र मात्र, नत्र थङथिलो हुन्थे होलान् मेरा हाडखोडहरु । लड्नुको बेग्लै मजा हुन्छ उठेपछि । त्यो भन्दा अप्ठेरा भीरहरुमा केबलकार जोडेर संसारभरका मान्छेहरुसँग पैसा असुलीरहेको देखेथें मैले युरोपको मँ ब्लँ हिमाल र जापानको ओसाका वरिपरि ।

पिता पोसाकमा अल्झेका सम्झना

त्यस साँझ पिताजीले दुई सय रुपैयाँ जित्नुभएको थियो। जितको उल्लासले पिताजीको सम्पूर्ण अनुहार आलोकित बनेथ्यो। त्यो सय वर्षको बालककोे निधार हाँसेथ्यो, आँखीभौँ हाँसेथ्यो, परेला हाँसेथ्यो, आँखाको नानी हाँसेथ्यो, यही सम्पूर्ण हाँसो समेटी ओठले एक विशिष्ट व्यक्तित्व सिर्जना गरेथ्यो।

मुन्दुम के हो ?

‘मुन्दुम’ किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो।

सुनौलो बिहान

केही महिना बित्यो, वसन्त ऋतु आइसकेको थियो। रश्मीले एउटा बैंकमा जागिर गर्न थालेकी थिइन्। एक बिहान, बुवा बैठक कक्षमा चिया पिउँदै पत्रिका पढ्दै हुनुहुन्थ्यो। उहाँको आँसुले पत्रिका भिजिरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्