७ वैशाख २०८१ शुक्रबार
कला

बुझाइ (ढुक्क हुनुस् मामु, अब हुरी आउँदैन !’)

लघुकथा

अनु विज्ञाति

 

‘ हिजो रातिझैं हुरी आउन लाग्यो  । लुगा सबै हावाले उडाउँछ क्यारे ! तिमी भित्रै बस है छोरा ।’ म हतारहतार छतमा लुगा उठाउन गए । ऊ के मान्थ्यो पछिपछि आएछ । छतबाट हेर्दै भन्यो, ‘मामु, कुन हो हुरी ? म त देख्दिनँ त ! यो आ’को त हावा होइन र ?’ उस्ले प्रश्न ग¥यो । मैले नजिकैका सुपारी, आँप, नरिवल र अलिपर जंगलका अग्लाअग्ला जोडजोडले हल्लिरहेका रुख देखाएर भने, ‘यति जोडजोडले हल्लियो भने हुरी बन्छ । थाहा छ नि हिजो हुरी आउँदा झ्याल ढोका लगाउनै नसकेर सबै पानी भित्र पसेको ।’ उसले बुझेझैं टाउको हल्लायो । अनि छतमा केही दिन पहिले निकै दुखले हुर्काएका पुदिना, तुलसी, गुर्जो र  हरिया तरकारी भएतिर दौडियो । म लुगा राखेर झ्याल ढोका बन्द गर्न लागे ।

एकछिनमा उसले  आफ्ना साना हातमा केही त्यान्द्रा लिएर आयो र आश्वस्त पार्दै भन्यो  यिनीहरू पनि जोडजोडले हल्लिएर हुरी ल्याउन सघाउँदै रहेछन् । धन्न, मैले देखिहाले अनि उखेलेर फ्याँकिदिएँ । ढुक्क हुनुस् मामु, अब हुरी आउँदैन !’

प्रकाशित: ४ आश्विन २०७७ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App