होइन हुनै सक्दैन मान्छे, ओई मान्छे! होइन किन बोल्दैन मान्छे नै जस्तो छ त,सर्लक्कै दुई खुट्टाले उभिएको छ,हुनुपर्ने नाक,कान,आँखा, टाउको, हात र जिउ दुरूस्तै छ
किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली। मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख पूर्णिमाको दिन मनाउने उभौली राई जातिको पितृ र प्रकृतिप्रतिको अनुष्ठान हो। मंसिरे पूर्णिमा यसपटक १५ पुसका दिन परेको छ।
बलिराजासम्बन्धी पौराणिक, ऐतिहासिक र सांस्कृतिक विवरण प्राप्त गर्न सकिन्छ । यी विवरणका आधारमा हेर्दा जुन–जुन तरिकाले र जहाँ जसरी भए पनि तिहारमा खेलिने देउसी–भैलोको सम्बन्ध जुम्ली राजा बलिराजाको विवरण केही करिब देखिन्छ ।
राज्यको एकल नीति होस् वा अन्य जुनसुकै कारणले होस्, नेपालमा लगभग सबै जाति, क्षेत्र र समुदायमा दशैँ मान्ने आदत बसिसकेको छ । दशैँलाई हिन्दू धर्म अनुसार विधिपूर्वक नमनाए पनि एक आपसमा भेला हुने, खानपान गर्ने, मनोरञ्जन गर्ने आदि यहाँका आदिवासी जनजातिले पनि गर्दै आएका छन् । क्रिस्चियनले समेत दशैँमा एकै ठाउँमा भेला भएर रमाइलो गर्ने गरेको देखिन्छ । केही विकृति हटाएर दशैँलाई सम्पूर्ण नेपालीको साझा चाडका रूपमा मनाउन सकिन्छ ।
‘मुन्दुम’ किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो।