२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

लकडाउनमा छन्दकविताको बहार

अमेरिकामा बस्दै आएकी इलामेली चेली सरु गुरागाइँले गाएको गीति कविताले छन्दमा बहार ल्याउन मद्दत गरेको छ । उनलाई पछ्याउँदै धेरैले कविता वाचन गरेर सामाजिक सञ्जाललाई छन्दमय बनाएका छन् ।

रोहीफाँट विश्वविद्यालय

त्यो मिश्रित समाज आफैंमा एउटा पाठशाला बनेको थियो । त्यहाँबाट हामीले समूहमा काम, कडा परिश्रम, बहस र आफ्नो काम आफैं गर्ने जस्ता उपयोगी सीप सिकेका थियौं ।

अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’

श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् । त्यसपछि मात्र कोठाभित्र पस्न दिइन् ।

मनोवाद : ‘क्वारेन्टाइन’मा मन

म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन ।

कथा : अर्काकी श्रीमती

मेरो डेराबाट उनको कोठाको ऐना प्रस्टै देखिन्थ्यो । सूर्यको किरणमा उनको ऐना टल्किए मेरो कोठाको भित्तामा ठोकिन्थ्यो, जहाँ विभिन्न आकृति देखिन्थे । उनले कपाल कोर्दा या मिलाउँदा कपालको चमकसँगै मेरो कोठा हाँस्थ्यो, एक पल ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

अधुरो प्रेम

२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।

फरक बालापन

कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षासम्मको । दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो । मसँग स्कुल जाने–आउने कोही भएन ।

अनपेक्षित अनुबन्ध

म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास ।

आफैँलाई चिन्ने बेला हो लकडाउन

केही दिन अगाडिसम्म मज्जाले चलिरहेको दैनिकी अहिले एकाएक परिवर्तन भएको छ । अधिकांश समय बाहिर बिताउने म, अहिले दिनभरि घरमै बसिरहेकी छु ।

सम्झना आमाको

जब गर्भमा सन्तान बस्छ, त्यतिबेलैदेखि आमामा सन्तानप्रति अगाध माया उत्पन्न हुन्छ। अर्थात आफ्नो सन्तानलाई माया दिनुपर्ने शिक्षा उनलाई कसैले दिनैपर्दैन। यही स्वतस्फूर्त उत्पन्न मायाको स्रोत जिन्दगीभर सुक्दैन। आफ्ना सन्तानप्रति मायाले अविरल सिँचित गर्न लालायित हुन्छिन् उनी।

कोरोना त्रास, साहित्यिक गतिविधि ठप्प

जनमत वाङ्मय प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गदै आएको साहित्यिक कार्यक्रम यसपटक हुन सकेन्। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै जनमत वाङ्मय प्रतिष्ठानको साहित्यिक कार्यक्रम स्थगित भएको छ।

गुञ्जिरहने धुनसँग जीवनको लय

‘औंलाका टुप्पोहरुमा फोका उठ्थे। फोका फुटेर औंलामा चिरा चिरा पर्थ्यो। बिरामी औंलाहरूले कतै छोइहालेमा नराम्रोसँग मुटुमा सुल हानेझैं हुन्थ्यो। यस्तो बिजोग भएर नि कसले सरोद बजाउँछ ? ‘नोस्टाल्जिक’ हुन्छन् सुदर्शन राजोपाध्य। सरोदका तारहरूबाट निस्किएको धुनले भने दुखाई कम गर्थ्यो। अझ रागहरु निकाल्न लोभ लाथ्यो। त्यही लोभ र उत्कट चाहनाका अगाडि सुदर्शन राजोपाध्यका औंलाहरू दुखे पनि सरोदका रागले पीडा सामान्य बनाइदियो। त्यही साधनाले शास्त्रीय संगीतको अब्बल संगीतकार बने उनी।

अध्यात्म बुझाउने अक्षर

जीवन, जीवनका हरेक क्षण, हरेक कर्मलाई आनन्दका रूपमा लिन जान्नु ध्यान हो। यसले कुनै जादुजस्तो परिवर्तन त ल्याउँदैन, तर तनावरहित हुन मद्दत गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्