२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

न्याय

आज मैले अभिमन्यु नमर्दै अर्जुनलाई लिएर आउने कृष्ण फेला पारें । द्रौपदीको चीरहरण हुँदाहुँदै आइपुगेका श्रीकृष्णको अनुहार देखें । द्वापरमा पनि नभेटिएको ईश्वरलाई म आज बारम्बार नमन मात्र गर्न सक्छु । मैले सारा पीडा बिर्सिएको छु सायद वरदान पाउन पनि ठूलो तपस्या गर्नुपर्छ । विनातपस्या साक्षात् दर्शन ? तपाईलाई देखेपछि यो देशमा अभैm बाँच्न सकिन्छ भन्ने विश्वास पलाएर आयो मलाई ।

प्रिया

प्रिया,अब त्यही तिम्रो सल प्रतिपक्षको तरबार लागिरहेछ डसिरहेछ दिनमा पनि डसिरहेछ रातमा पनि प्रिया, अब त्यो कालो सलको ठाउँमा रातो सल लगाऊ है किनकि हाम्रो प्रेमलाई क्रान्तिको नाम दिनु छ ।

आफैभित्र जलेर रुन्छ्न् मान्छेहरू

मनभित्र छ ईर्ष्या र रिसको राप आफैभित्र जलेर रुन्छ्न् मान्छेहरू ।चाकरी चाप्लुसीमा रमाउँदै सधैं , स्वभिमान भुलेर झुक्छन् मान्छेहरू।

बाह्र बजे

काकाले बिस्तारै खेलाउँदै जोत्दै थिए । छेउमेलो हिँड्दा–हिँड्दैको सिन्दूरे डिलमुनि लडिझरयो । काकाले हत्तार जुवा खोलिदिए । सिन्दूरे कान्लामुनि रयाल काढ्दै थियो । काकाको मुटुमा जोर परिसकेको थियो । बल गरेर सिन्दूरेलाई उठाउन खोज्यो । चुँ हल्लेन । भिम्सेनको बल पुकारेर काकाले सिन्दूरेलाई उठायो तर सिन्दूरे बर्लङ्गै लडिहाल्यो । असिनपसिन भएर अनेक जुक्ति लायो तर अहँ केही सिप लागेन ।

पत्र

म जाने बेलामा तिमीहरू सबै मेरा लागि कुनै उपयोगी भएनौ । यो सबै मैले जोडेको सम्पत्ति हो । मजस्तै धेरै आमाबाबुहरू बेसहारा रहेछन् । त्यसैले मजस्तै आमाबाबुलाई सहयोगी होस् भनेर घरजग्गा वृद्धाश्रम बनाउन पास गरिदिए । पुर्खौली सम्पत्ति पहाडमा छ । तिमीहरू उहीँ गएर बस्नु।

सिक्नु छ केही सूत्र बाँच्नकै लागि पनि

सिक्नु छ केही सूत्र, बाँच्नकै लागि पनि, माछीले भंगालोको छाल चिने जस्तैगरी । नेता हुन नेताकै गुन हुनुपर्ने रै’छ क्यारे,बजारका प्रत्येक दलाल चिने जस्तैगरी ।

गङ्गा तीरमा साँघु आफै बुन्न भन्छु म त

घाँटी हेरी हाड निल्न पर्दो रहेछ जान्नु, कल्पनामै उडी त्यो जून छुन्न भन्छु म त। मनै त हो उध्रिन्छ नै अप्ठ्यारोमा पर्दाखेरि, एकान्तमा चुप लागेर तुन्न भन्छु म त। तिमी र म वारिपारि भइएला कहिल्यै, गङ्गा तीरमा साँघु आफै बुन्न भन्छु म त।

छोरा तिमीले

छोरा , तिमीले बुझ्नुपर्छ जिन्दगीको हरेक पाइला सङ्घर्षबाट खाली छैन बिउले उम्रनका लागि माटोसँग पौंठे जोरी खेलेजस्तै बाँच्नका लागि सङ्घर्ष अपरिहार्य छ ।तिमीले बुझ ,पानीसँगको लडाइँका कारण ढुङ्गो खिइंदै गोलो बन्छअनि पुजिन्छ शालिग्राम बनेर ।

जन्मोत्सव केक

मेरो जन्मोत्सव थियो । डर लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन । अँह म केक काट्दिनँ । अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठाएछु। म अपराधी रहेछु ।

वियस राईको ‘हिउँ माझी’

कथाभित्र पात्रहरू रुञ्चे छन् । यद्यपि कथानकको मूल आशय समाज परिवर्तनको मुद्दा उठाउनु नै छ । अन्धविश्वास, अन्याय र बेथितिमाथि प्रहार गर्नु नै छ । तर, त्यो प्रहार सूक्ष्म, मधुरो तथा अपर्याप्त छन् । यसो भनिनुको तात्पर्य माक्र्सवादी चिन्तनका झैँ विद्रोह छैन भनिएको पनि होइन । साहित्यको सौन्दर्यशास्त्रकै आधारमा पनि शालीन र तगडा विद्रोह हाल्न सकिन्थ्यो । पात्रलाई अधिकारका लागि लड्ने अभिप्रेरणा दिन सकिन्थ्यो । यो अवसरलाई समुचित उपयोग गर्न सकिएको छैन ।

जिन्दगी

नांगो जिन्दगी त गाह्रो पो हुन्छ त सम्धी । अझै यतिका उमेर बाँकी छ। बुढेसकालमा साथी पनि त चाहियो नि। मरेपछि पिण्ड दिने छोरै जन्माउन भए पनि बिहे त गर्नै पर्छ । बाबाले ससुरा बालाई भनेको कुरा तातात्तै सुनेँ।एक महिना अगाडि माइत जाँदा बाबाले मलाई भनेको कुरा झलझली सम्झिएँ– के गर्छस् त नानू , भाग्य यस्तै रहेछ। दुई दिनको जिन्दगी कति नै छ र अब यही छोरीको अनुहार हेरेर जिन्दगी कटाउनुपर्छ ।

दिलमाया

मैले गाईघाट हुँदै खाँबु, अँधेरी, खयरबास, रसुवा, भँडारेघाट, दूधकोसी र साप्सुको गड्तीर हुँदै त्यो आलडाँडा भएर हिँड्ने पैदल बाटो नै रोजेँ । जुन बाटोसँग विगतमा अनगिन्ती सम्झनाहरू जोडिएका थिए मेरा । गाईघाटबाट छिटो हिँड्नेलाई दुई दिन, मजस्ता ढिलो हिँड्नेलाई झन्डै तीन दिनै लाग्थ्यो घर पुग्न । गाईघाटबाट बाटो नखुल्दा बेल्टारबाट ढुङ्ग्रे, धाप्लाङटार र बेतालीको भीर हुँदै हिँड्ने गरिन्थ्यो ।

भगवानले त आस्था खोज्छ

तिमी सयौ रुपियाँ तिरेर मिनरल वाटर पिउँछौ म आफ्नो धारामा आउने पानी छानेर पिउँछु पानीको महँगो मूल्यले प्यासलाई फरक पार्दैन प्यासले त खालि पानी खोज्छ ।तिमी आलिसान बङ्गालमा लाखौंको पलङमा सुत्छौ म झुपडीमा आफूले बुनेको गुन्द्रीमा सुत्छु निन्द्रालाई कति मूल्यको बिछ्यौना छ भनेर फरक पर्दैन निन्द्राले त खालि आराम खोज्छ ।

गद्दार

सरकार प्रमुखले आफ्नो पिएलाई बोलाएर भनेँ – सरकारविरोधी सभा देशका विभिन्न ठाउँमा भइरहेका छन् । जनता भड्किनुको कारण के रहेछ ? मलाई त जनतालाई कसैले भड्काउँदै छ जस्तो लाग्यो । को रहेछ त्यो ? तु पत्ता लगाउनुहोस् ।

तिमी आएनौ

आज झुपडी पुरै उज्यालो छ । कति दिनदेखि अँध्यारोमा लुकेको झुपडी आज हाँसेको छ । कसरी वर्णन गरूँ ? वर्णन गरेर नसकिने आनन्द छाएको छ आज यो झुपडीमा । बुवा भित्र विभिन्न च्यानलमा रमाएको देख्छु । म बेलुकाको खाना बनाउन सव्जीको व्यवस्था मिलाउँदै छु । समय सधैँ एकैनास नहुने , कहिले घाम कहिले पानी भनेझै अहिले हाम्रो झुपडीमा घाम झुल्केको छ । उज्यालो छाएको छ । हिजोको त्यो पीडा आज यसरी सुखमा बद्लिएको छ । हिजो गाउँगाउँ गएर मजदुरी गर्ने यो शरीर आज घरमै बसेर सबै कुराको सुखसुविधा भोग्ने भएको छ । कति छिट्टै परिवर्तन आयो हाम्रो जीवनमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्