२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

साहुजी

मेरो काठमाडौ व्यापारीको गुडिया बनिरहेछ र मेरो गाँउको शिक्षक गुडिया खेलाउने केटाकेटीहरूको साउजी बनिरहेछ त्यतिखेर दुनो घोप्टिएको लफङ्गो अभागीहरूको भाग खोस्दै बाटैभरि जाँड उभ्छ र भन्छ म मास्टर हुँ या जँड्याहा दुनियाँको आँखाको छारो शिक्षक अन्तत व्यापारी नै सावित हुन्छ र शिक्षामा दुई नम्बरी थपेर राज्यको ढाड भाँचिरहेको हुन्छ ।

राहत

कठै सन्तेको परिवार , सारै इमानदार थिए । दुवै वचनको पक्का थिए । कामअगाडि कहिल्यै ज्याला माग्दैनथे । काममा कहिल्यैै ठगठाग गर्न पनि जानेनन् ।

कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ

अनिदो रात मायाको हात लाएर तकिया, रातकी रानी, नशिली नानी जहर उस्तै छ। पत्थर फोडी पर्खाल हाली पहाड भीरको,मनको फाँट, काटेको कुलो नहर उस्तै छ। आँखामा आँखा राखेर पनि नपुग्ने ऊ दिन, जवानी बोकी हिँडेको याद सहर उस्तै छ ।

सूर्यको साथी

साथी बालकविता सङ्ग्रह सरल, सरस र पठनीय रहेको छ । बालबालिकाहरूले बुझ्ने सक्ने भाषा छ । साथीको अध्ययन र पठनबाट बालबालिकाहरूले थुप्रै कुरा सिक्न सक्दछन् । कविताहरू जीवनोपयोगी छन्

नाङ्गो खुट्टाको याद

नाङ्गो खुट्टाको याद खास्सा रहेछ व्यापार राजनीति, कुर्सी र कार । आश्वासनका पोका बग्रेल्ती सपनाहरू समृद्ध देश, सुखी जन ।

अभागीको दाम राख्ने भॅाडोमा दूलो हुन्छ

हाम्रा प्रधानमन्त्रीले उडुस र उपियॅा लडाउनु भा’को छ, जुम्रा भा’कै टाउकोमा उडुस उपियॅा चढाउनु भा’को छ ।कोरोनासॅग जोगिएर घरभित्र बसेका नेपालीलाई, सडकमा नारा लगाउन पठाएर सुगर र प्रेसर बढाउनु भा’को छ ।

रुन्छ मन अनायासै

रुन्छ मन अनायासै देउरालीलाई सम्झेर ,भाका बस्ने मायालु त्यो चौतारीलाई सम्झेर ।रूखोसुखो आँटो कसम प्राणभन्दा प्यारो,हिँडेको बाटो कसम प्राणभन्दा प्यारो ।

घडीचौर र तीन फिट अग्ला चेसका गोटीहरू

अपराह्न नियोगबाट बाहिरियौँ । स्विटजरल्यान्डको प्रसिद्ध शहर जेनेभा पहाडकी रानी बनेर बसिरहेथ्यो । वरिपरि होचाहोचा पहाडहरूलाई हिउँले टम्म ढाकेको थियो । ठाउँठाउँबाट हिमनदी बग्दै बस्तीहरू छिचोलिरहेथेँ । हिमालसँगै भिरालो सतहमा गुच्छाहरू लटरम्म लागेका फूलका बोटझैँ उभिएका थिए गाउँहरू ।

दाउपेच

कोलाहलको रिस थियो । हलाहल पिउने घाँटी आँखामा लबेदा कसेर कान तताइरहेको थियो। । मुख भक्ति र शक्तिको रक्ति स्वाद बेस्वाद पस्किरहेको थियो । मारामारी थियो । स्वाद थिएन ।

सपना

मर्स्याङ्दी र त्रिशुलीको चिसो हावाको झोका लिएर आएकी थिई उर्मी । हाँस्न पाउने जोहो गरेर आएकी थिई । ऊ आउनु मेरा लागि सुन्दर सपना थियो । गर्मीको चिसो थियो । सुन्दर थियो । सौम्य थियो । मेरो एक्लै हुनुको राप कम भएको थियो । तर, ऊ गई । म सपनाबाट झल्याँस्स भएको छु । ऊ उर्मी हो । उसको आफ्नै संसार छ । म किन सपना धेर देख्छु । आफैँलाई आश्चर्य लाग्छ । तर पनि अहिले उर्मी खोलाको किनारै किनार गइरहेकी होली । खोलाको चिसो हावाले उसको गोरो अनुहारमा स्पर्श गर्दा उसले आफ्नो पीडा भुलेकी होली ।

शिशिर

निस्तब्ध सुनसानमा अव्यक्त यमराजको सगरमाथा अग्लेर फैलिएको छ यो मौसम शिशिर कठाङ्ग्रिदै कम्पन छुट्दै नङ्छिरी लगाउँदै अरेबियन सागरको जल जमाएर गोसाईकुण्डको आत्मभेदी उकालो मृत्यु फैलिएको छ यो मौसम शिशिर ।

भान्से कवि

बेलुका फर्केर घरको काम सक्दा राति अबेर भैसकेको थियो। गलेर शरीर र मन दुवै शिथिल भएका थिए। उनले म्यासेज गरिन्– सरी सम्पादकज्यू, मैले आज पनि हजुरले भनेको कविता तयार पार्न सकिनँ । म भान्से कवि न परे।

प्रीति फिर्ता गर

जहरझै लाग्न थाले सम्झनाका खातहरू,निन्द्रा पराई बन्दै गयो यसै बित्छन् रातहरू। चाहिन्न ब्याज तमसुक च्यात्छु प्रीति फिर्ता गर, मुटु यसै बिथोल्दिन्छन् छट्टु तिम्रा बातहरू। काँडै काँडा बिच तिमी बीउ छर्छौ पिरतीको, हिम्मत खै आइपर्दा सहन ती घातहरू।

कंकाल

उनलाई लाग्छ, कंकालरूपी कंगाल मानिसहरू त्यहाँ छन्। उनी घरमा आउँछन् ,खाना खान्छन्। माघको चिसो रातमा उनको निद्रा हराएको छ। पन्ध्र वर्षअघि हराएका उनका पिताको जंगलमा जिङरिङ्ङ परेको अस्थिपञ्जर फेला परेको सम्झिन्छन्। सपनामा उनका पिताजीको त्यही जिङरिङ्ङ परेको कंकालले भनिरहेको थियो– बाबु मेरो हत्यारा तेरो राज्यले पत्ता लगायो !

इज्जत

हजुरबुवा र जुनुको कोठा सँगै थियो । शंकरनाथ ढोकाको ठेलो समातेर पानी पिउँदै थिए । जुनु अनुलाई सिकाउँदै थिई – ल्याएको गिफ्ट सबै नबाँड है दिदी । त्यो पुजे र प्रनेशेलाई नदिँदा पनि हुन्छ । प्रनेशे त विदेश जान्न भन्छ । त्यस्तालाई विदेशी सामान किन दिनु ? गएर हाम्रो परिवारलाई केही दिने भए पो । फेरि केहीपछि तिमी जाने, म पनि जाने यिनीहरूको बालै मतलब छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्