२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

दाउपेच

लघुकथा

–लल  पत्ता लाग्यो । मैले  पत्ता लगाएँ ।  

– के पत्ता लाग्यो गुइँठे ।

– चुरोको कुरो पत्ता लाग्यो, अड्को पड्को तेलको धूप ।  

भिडको बथान । बकुल्लाको मान्छे। भेडाको ऊन ।

बतासेले लखटेको भोको पेट रबर बारीभित्र छिरेर कुर्लियो – नापिस्, कस्ताकस्ता काँ गए मुसाको राज ।

पेटको खोलो सुकेर गानो गोलो उठ्यो। जति चामल छरे पनि धामी बाको साँढे मात्र तङ्ग्रियो ।  

–कति निफन्निएको । उसका कुरा त सुन्, नाम पो गुइँठे । पढेको मान्छे पो त ।  सुके आन्द्रो तन्किदै चिच्यायो ।

कोलाहलको रिस थियो । हलाहल पिउने घाँटी आँखामा लबेदा कसेर कान तताइरहेको थियो। । मुख भक्ति र शक्तिको रक्ति स्वाद बेस्वाद पस्किरहेको थियो । मारामारी थियो । स्वाद थिएन ।

– ल भन् त गुइँठे , कुरोको चुरो ।  सिँगाने त्यान्द्रो  बोल्यो ।

– तेलको जोहो ।  गुइँठे बोल्यो  

– हामी सडेका छैनौ, राजनीति गर्न । सोझो– सोझो भन् । तीनै जुर्मुराए । 

- "गाडी नं १०१ ----!" 

१९ मा ताराको भ्रान्ति जुलुस, "भाइ, जाने होइन ! " 

२० मा माराको क्रान्ति जुलुस , "भाइ, हिड् जाउँ !"

 २१ मा नाराको उर्दी जुलुस, "भाइ, ल जाउँ ! "

 "ट्यान्की फुल हुनुपर्छ है ।" भाइको व्यापार बोल्यो । 

धोका , केटो धोका होइन  दाउपेच ।   भुटन चिउराको आहार, तेलको व्यापार ।  साथमा  जिन्दा बाफ, मुर्दा बाफको मांसाहारी भिडन्त ।

यस्तै हो, कोही बेरोजगार हुँदा कोहीले रोजगार पाएको छ । फुटको लुट धन्दा  आज ऊ लुट्दैछ । भोलि ऊ लुट्छ । 

भोको पेट, रित्तो चेत बोल्यो – न चिन्ता ओलीको न भोलिको ।

प्रकाशित: १६ माघ २०७७ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App