२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन। उनले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल-भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताए। कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिन सक्ने उल्लेख गरे। 

उनले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभूत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गरे। उनले अधिकांश सडकहरू पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताए।

उनले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्त्वपूर्ण हुने दाबी गरे। उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताए। 

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताए। नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिन सक्ने बताए। 

प्रकाशित: २९ आश्विन २०८१ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App