जन्मेको माटो कसम प्राणभन्दा प्यारो,
हिँडेको बाटो कसम प्राणभन्दा प्यारो ।
रुन्छ मन अनायासै देउरालीलाई सम्झेर ,
भाका बस्ने मायालु त्यो चौतारीलाई सम्झेर ।
रूखोसुखो आँटो कसम प्राणभन्दा प्यारो,
हिँडेको बाटो कसम प्राणभन्दा प्यारो ।
सात समुन्द्र तरी आएँ मन रह्यो उही ठाउँमा ,
कल्पनामा सधैं हुन्छु मेरो आफ्नै प्रिय गाउँमा ।
बच्चपनाको पाटो कसम प्राणभन्दा प्यारो,
हिँडेको बाटो कसम प्राणभन्दा प्यारो ।
प्रकाशित: १६ माघ २०७७ ०६:२० शुक्रबार