२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

न्याय

कथा

“ए हजूर ! मलाई त जिन्दगीभरि दुख दिनुभयो, दिनुभयो भ्रष्टाचार पनि गर्नुभयो ?” हिरासतको बाहिरपट्टि उभिएका शम्भुलालतिर हेर्दै उनकी पत्नी चिच्याइन् । शम्भुलालले बिस्तारै आफ्नी पत्नीको आँखामा आँखा जुधाए । उनका आँखा भन्दै थिए  – सीता ! तिमीले यो कुरा पत्यायौ ?

“होइन के भन्नुहुन्छ भाउजू ? के उहाँलाई लाउनखान पनि दिनुभएन ? केका लागि गरेको त भ्रष्टाचार ?” नजिकै उभिएका असइले शम्भुलालतिर फर्केर सोधे । शम्भुलाल बोलेनन् ।  

“यी बोल्दैनन्, किन बोल्थे ? यिनको तलबले भान्सा चलाउन नसकेर मैले ऋण लिएकी छु । कहिलै चाडबाडमा केटाकेटीलाई राम्रो कपडा किन्दिन पनि सकेनन् न आपूmले नै कुनै राम्रो कुरा किनेर लाउन सके । हेर्नुस् न मोबाइल कस्तो छ ? भुइँमा झर्दा कुकुरले पनि नहेर्ने खालको । लौ पैसा त कमाउन सकेनन् रे भ्रष्टाचारचाहिँ किन गरेका नि ?” सीताले औंला ठाडो पार्दै हकारिन् । नजिकै उभिएका इन्सपेक्टर अभयले चाखपूर्वक शम्भुलालकी पत्नीको कुरा सुने । शम्भुलाललाई उनकी पत्नीले खाना दिइन् । 

“एउटा हटकेश छैन भाउजू ? यसमा त ल्याउँदाल्याउँदै सेलाएन र ?” असइले सोधे ।  

“हटकेश ? पकाउनलाई कुकर त कुन जमानाको छ सुईसुई गरिरहने सिठ्ठी नलाउने ? हटकेश ? त्यसरी पैसा कमाएको भए यो चाला हुन्थ्यो ?” सीता टकटकिइन् । शम्भुलालले खाना खाए र भाँडो पत्नीलाई फिर्ता दिए ।  

“अब भोलिदेखि दालचामल किन्ने पैसा पनि छैन । तिमी यहाँ थुनुवा भयौ।  अब त्यही आधा महिनालाई पुग्ने तलब पनि आउँदैन कि कसो ?”  सीता चिच्याइन् तर शम्भुलालले कुनै जवाफ दिएनन्।

अभय शम्भुलालकी पत्नीको कुरा सुनेर अनौठो अनुभूति गरिरहेका थिए । उनका आँखा शम्भुलालकी पत्नीको अनुहारतिर दौडियो । लाम्चिलो र गोह्रो अनुहार, ठूला आँखा र पातलो तर अग्लो कदकी उनी हात हल्लाएर हावभावका साथ कुरा गर्थिन् । वर्षौदेखि लगाइरहेजस्तो देखिने उनको कुर्तासुरुवाल र पट्ट फुटेकोे चप्पलले उनको अभावपूर्ण जिन्दगीको झलक दिइरहेको थियो । उनको त्यो तीखो वचनमा पनि अबोधपना मिसिएको थियो ।  

“सँगैका छिमेकीले दिनदिनै पैसाका बिटो लिएर आउँछन् । घर पनि दरबारजस्तो बनाएका छन् । छोराछोरीलाई कहाँ जान्छन् फिरी, पत्नीले के लाउँछिन् फिरी । अफिसका गाडी लिएर यात्रा गर्छन् । बजारबाट सागको मुठो किन्न पनि गाडी लिएर जान्छन् । भन्छन् यिनीभन्दा तल्लो तहका मान्छे उनी । उनीचाहिँ पैसा कमाउँदा रहेछन् हाम्राचाहिँ भ्रष्टाचार गर्दारहेछन्” सीता फतफताउँदै हिंडिन् । उनको चप्पल पड्किँदा आएको आवाज परपरसम्म पनि सुनिँदै थियो ।  

“शम्भु ! यो कस्तो अवस्था हो ? एकातिर तपाई भ्रष्टाचारको आरोपमा हिरासतमा आइपुग्नुभयो अर्कातिर भाउजूको कुरा सुन्दा घरको नाजुक अवस्था छ । कहाँ हाल्नुभयो त भ्रष्टाचार गरिएको भनिएको पैसा ?” अभयले सोधे ।  

“यो प्रश्न म आफैंलाई सोध्दै छु इन्सपेक्टरसाहेव । वेदान्तीहरू भन्छन् धन बोलेपछि सत्य चूप रहन्छ ।”

– कतिञ्जेल शम्भुजी !

– जतिबेलासम्म मान्छे धनको दास भइरहन्छ हजूर ।

–शम्भुजी, सुनलाई दुर्गन्धमा फाल्नुस् कि सुगन्धमा त्यसको गुण त हराउँदैन ।  

– होला सर ! दुर्गन्धमा फालिएको सुन जबसम्म त्यसैभित्र रहन्छ तबसम्म त्यसको के महिमा ? देख्छ कसले र चिन्छ कसले ?

–कसै न कसैले देख्छ । ईश्वरलाई त विश्वास गर्नुहुन्छ नि ?

“ईश्वर पनि नाश भएपछि मात्र दयालु देखिन्छन् जस्तो कि महाभारतमा । अभिमन्युको नृशंस हत्यापछि मात्र आइपुगे श्रीकृष्ण । म त भ्रष्टाचारको अभियोगमा नोटको बिटासहित गिरफ्तार भएको निसहाय कर्मचारी जसको वर्षौंदेखि एउटै सास लिएकी पत्नीसमेत टेढिएकी छिन्”शम्भुको आवाज बोल्दाबोल्दै आद्र भयो । उनले शिर निहुराए । उनको आँखाबाट तप्पतप्प खसेका थोपाहरूमा अस्ताउँदै गरेका घामले सुनौला रङ्ग दिएका थिए ।

“तपाईका कुरा आफ्ना ठाउँमा ठीकै होलान् तर शम्भुजी, कुनै पनि घटनाको उत्कर्ष अवस्थाले सत्यतथ्यको पर्दा खोल्छ । यस कुरामा विश्वास छ तपार्ईलाई ?” अभयले नै सोधे ।

“छैन त भन्दिन सर, फेरि पनि महाभारतकै कुरा गर्छु । हेर्नुस् न कर्ण आफ्नै दाजु थिए भनेर पाण्डवहरूले उनको हत्या गरेपछि मात्र थाहा पाए । त्यो सत्यले के गर्छ इन्सपेक्टर साहेब ?”शम्भुलालले सोधे ।  

“त्यो एउटा समयको खेल थियो तर बुझ्नुपर्ने कुरा के छ भने समय सधैँ उही रूप र रङ्गमा अघि बढ्दैन । राजा हरिश्चन्द्रले जति दुख पाए पनि अग्निदाहपूर्व आफ्नी रानी र पुत्रलाई चिन्ने अवसर त पाए नि, हैन ?” अभयको कुरा सुनेर शम्भुले टाउको हल्लाए ।  

“तपाईं दोषी हुनुहुन्छ भने कुनै हालतमा उम्किनु हुन्न। तर,निर्दोष हुनुहुन्छ भने प्रमाणहरू जुटाउनतिर लाग्नुहोस्, भाउजूलाई पनि यो कुरामा सहमत बनाउनुहोस् ।” इन्सपेक्टरले सल्लाह दिए । त्यस चौकीमा आएको एक वर्षभित्र उनले भोग्न लागेको त्यो अनौठो घटना थियो ।  

“इन्सपेक्टर साहेब के छ खबर ?” डिएसपी मुन्निलालको स्वर आयो ।  

“जय नेपाल सर । म अलिकति अनौठो अनुभव गरिरहेको छु” इन्पसेक्टर अभयले भने । उनले डिएसपीलाई शम्भुलालको विषयमा सुनाए ।  

– यस्तै हो इन्सपेक्टर साहेब । यहाँ नौटंकी गर्नेहरू धेरै हुन्छन् । यस्ता कुराको पछि नलाग्नुहोस्् ।  डिएसपीले इन्सपेक्टरका कुरालाई हलुका रूपमा लिए । इन्सपेक्टर खिन्न भए। 

इन्सपेक्टरले शम्भुलालको दिनचर्यामाथि निकै निगरानी गरे । उनको कुनै सौखिन शैली थिएन । उनको मोबाइल फोनको अग्रभाग खिएर अक्षर पनि नदेखिने भइसकेका थिए । उनले दाँत माझ्ने ब्रस पनि कुरूप थियो । शम्भु उदास र बेचैन देखिन्थे ।   एक साँझ उनी लेख्ने कागज खोज्दै थिए । कागज नभेटेपछि कलम राखे । यो सब नियालिरहेका इन्सपेक्टरले उनलाई त्यसै साँझ एउटा सानो डायरी दिए ।

यता पत्रपत्रिकामा शम्भुलालले पैसा लिएको र रेड ह्याण्ड समातिएको समाचारले राष्ट्रिय रूप लिइसकेको थियो । टोलवासीहरू उनको घरतिर हेर्दै भन्थे– मान्छे सादगी हो भन्थे । मोरो त भ्रष्टाचारी पो रहेछ ।

यस्ता वचनले सीताको मन छियाछिया हुन्थ्यो।

शम्भुलाल समातिएको भोलिपल्ट कारमा सवार सुब्बा मणिराम शम्भुलालको घरछेउमा रोकिए । उनले हर्न बजाए । हर्नले बोलाएको हो भन्ने कुरा सीतालाई थाहा थिएन वा कुनै प्रतिक्रिया जनाउन मन लागेन । उनी निस्किनन् । सुब्बा साहेव स्वयं कारबाट ओर्लिएर भित्र पसे।  

“भाउजू ! सीता भाउजू !” निकै चिच्याए ।  

“किन बाबु ?” बाहिर निस्किन् उनी ।  

“भाउजू केही समस्या थियो कि ? के गर्ने हिजै सोधूँला भनेको राति अबेर आएँ । दाइले गर्न नहुने काम गरिहाल्नुभयो ।”  

“दाइले गर्नु भाकै हो र बाबु ! के गर्ने आपूmलाई त आकाशै खसेजस्तो भएको छ । कहाँ जाऊँ र के गरुँ भाकी छु”। उनको आँखाबाट बर्रर आँसु झ¥यो ।  

“खै भाउजू ! हिजो एक्कासी हल्ला भयो । म पनि मेरो फाँटबाट हेर्न गएको थिएँ । म पुग्दा त दश हजारको नोटका बिटासहित उहाँलाई समातिरहेको रहेछ । यहाँ हेर्नुस् त” मणिरामले आफ्नो मोबाइलबाट दृश्य देखाए । सीताले जिब्रो बाहिर निकालिन् ।  

– अरूलाई त यस्तो नदेखाउनुस् है बाबु ।

– यो टिभिमा नै आइसक्यो भाउजू?

“हो र ? संसारले देख्यो हैन ? मेरो बाबाआमाले पनि थाहा पाउनुभयो होला हकि ?” सीताले आँखा मिचिन् ।

–भाउजू , दाइले यसरी कमाएका पैसा कहाँ राख्नुहुन्छ ? तपाईलाई दिएजस्तो त लागेन ?  

–ए बाबु , उनले त महिना सकिएपछि ल्याउँछन् तलब । त्यही पनि बाँकी तिर्दातिर्दै सकिन्छ ।  

“दाइले अर्को परिवार त राखेका छैनन् भाउजू रु? मैले शंका गरयो नभन्नु होला । नत्र त्यतिका पैसा...” सुब्बा साहेबले साउती स्वरमा भने । सीताको अनुहार अर्कै भयो ।

– लौ त भाउजू, केही परे सम्झनुहोला।  

– सीताको मनमा शङ्काको आगो सल्काएर सुब्बा हिँडे । उनी भुनभुनाउँदै भित्र पसिन् । “सुब्बाका कुरा सत्य हुनुपर्छ नत्र दिनहुँ दशवीस हजार भ्रष्टाचार गर्नेले पैसा कहाँ लग्यो त ? महिनामा दश दिन पनि उनी चाँडै घरमा आउँदैनन् । प्रायजसो उनी भन्छन् आज पनि सेवाग्राहीहरू धेरै थिए । टाढादेखि आएका विचराहरूको काम सकिँदिँदा यतिबेला भयो । त्यो त सबै बनावटी कुरा पो रहेछ  । उनको कानमा सुब्बाको त्यही आवाज मात्र गुञ्जन थाल्यो, ‘दाइले अर्को परिवार त राखेका छैनन् भाउजू’ ।

–  “केही दिन पहिला बजारबाट फर्किँदा एउटी महिला मस्किँदै बोलेकी थिई । म वर आएर बस्दा पनि झन्डै आधा घण्टाजति बोली होली त्यो । कतै त्यही त होइन ?” सीताको मनमा जोरिएको शङ्काको आगो बल्न थाल्यो । शङ्काको आगोको सामुन्ने आस्था, विश्वास र समर्पण सुकेको तृण बराबर बन्छ र छिनमै जलेर खरानी बन्न सक्छ । सीता स्वयं त्यही आगोको लप्कामा परिणत हुँदै गइन्।

साँझपख खानेकुरा लिएर सीता चौकीतिर लागिन् । एकजना महिला चौकीको छेउबाट फर्कंदै थिइन् । अँध्यारोका कारण उनको अनुहार राम्ररी देखिएन । उनले सोचिन् –यो त्यही हुनुपर्छ । सके यसले पनि खानेकुरा ल्याइहोली । यसलाई यहीँ झम्टेर पछारूँ कि क्या हो ? तर प्रहरी नजिकै छ भैगो। अर्को मौका आउला नि ! यसको पोल अवश्य खुल्ने छ ।  

“भाउजू ! खानेकुरा ल्याइदिनु भयो ?” इन्सपेक्टरले सोधे ।

–उसकी अर्की स्वास्नी पनि आइहोली नि खानेकुरा लिएर हजूर ?  

– अर्की स्वास्नी ? हुनुहुन्छ र ? खै मैले त देखेको छैन ।  

“लौ भन्नुस् त हजूर अर्की स्वास्नी नभए दिनकै दशबीस हजार भ्रष्टाचार गर्नेले त्यो पैसा कहाँ लैजान्छ  । घरमा सुको छैन ऊ दिनकै दशबीस हजार भ्रष्टाचार गर्छ । निसाफ गर्नुस् त हजूर” सीता कड्किइन् । उनको कुरा सुनेर इन्सपेक्टर मुसुमुसु हाँसे ।  

–अर्की ल्याएको भए पत्ता लगाउँला,  चिन्ता नगर्नुस् । अहिलेलाई खानेकुरा दिनुहोस् न।

– अघि यहाँबाट एकजना महिला फर्केकी थिई नि । त्यसले उनलाई भेटेकी हो त हजूर ?  

– को फक्र्यो र ? खै ! मैले त देखिन ।  

विश्वास र धैर्यलाई पिउँदै उनीभित्र भर्भराइरह्यो शङ्कारूपी आगोको लप्का । उनले प्रत्येक दिन बाटोमा भेटिने कैयौं महिला अनुहारमा सौताको स्वरूप नियाल्न थालिन् ।

“ए बूढा ! पहिले मेरो कुराको जवाफ देऊ । तिम्ले अर्की स्वास्नी कहाँ राख्याछ्यौ ?” सीता कड्किइन् । शम्भुलाल पत्नीका अनुहारमा हेरेको हेरै भए ।

–किन बोल्दैनौ ? भन, कसरी थाहा पाई भनेजस्तो लाग्यो ?  

–यस्तो कुरा पनि पत्याउने भयौ सीता ?  

–नपत्याएर म के गरुँ ? दुनियाँ यही भन्छ ।  

“तिमीले पत्याएपछि मसँग भन्ने कुरा बाँकी छैन” शम्भुलालले भने । सीताले शम्भुलाई खाना पनि कुकुरलाई दिएभैmँ गरी दिइन् ।

उता साँझपख शम्भुलालकी छोरी स्कुलबाट रुँदै घर फर्की । सीता परै छोरी रोएको सुनेर दौडिइन् ।

– के भो विना ? कसैले कुट्यो ? कि सञ्चो भएन ?  

“आमा, म भ्रष्टाचारीकी छोरी रे । मसँग मिल्ने साथीहरू पनि म सँग नबोल्ने रे ।” मनका कुरा एकै सासमा भनिन् ती कलिली दश वर्षे नानीले ।

छोरीका कुरा सुनेपछि आमाले उनलाई अँगालो हालिन् र आपूm पनि धेरैबेर रोइन् । घरमा पुगेपछि उनी एक्लै फलाक्न थालिन् –सरकारी जागिरे भनेर बाबाआमाले हुरयाए । आज यो गति भोग्नुपरेको छ । मेरोजस्तो जीवन त गल्लीमा हिँड्ने कुकुरले पनि भोगेको छैन होला । मरुँ भने काल आउँदैन । हामफालेर मर्न पनि यसैको माया लाग्छ।

उनी समालिएर बाख्रापाठालाई घाँस दिन लागेकी के थिइन् सुब्बिनी आइपुगिन् । परैदेखि उनले भनिन्, –सीता दिदी,  शम्भु दाइले यो के गरे ? विनाश काले विपरित बुद्घि भन्थे हो रहेछ,  हकि ? यस्ती सोझी स्वास्नी हुँदाहुँदै अर्की लिएर राख्ने ? अर्की नल्याएको भए त्यस्तो भ्रष्टाचार पनि गर्दैनथे होलान् नि।

–के गर्ने बैनी ? आपूmलाई त लोग्ने सोभैm होलान् जस्तो लागेको थियो । सुब्बा बाबुले आज बिहान सुनाएदेखि त मन स्थिर नै छैन । बजियालाई खाना लगिदिँदा पनि एउटी आइमाई भेटिएकी थिई । त्यो अवश्यै त्यही हुनुपर्छ।

उनीहरू कुराकानी के गर्दै थिए घरछेउमा सुब्बा साहेबको कारको हर्न बज्यो । अरू बेला अर्कालाई गाडी छ भनेर सुनाउन जथाभावी हर्न बजाउँदै हिँड्छ बजिया भनेर सराप्ने सीतालाई सुब्बा साहेबको कारको हर्न निकै मीठो लाग्दै थियो । उनी सुब्बिनी सँगै नजिक पुगिन् । सुब्बा साहेबले मुण्टो बाहिर निकाले ।

–भाउजू !, केही कुरा पत्ता लाग्यो ?

–के लाग्ने बाबु ? मैले भात लैजाँदा सोधेको, केही बोल्दैनन् ।  

–दाइ हेर्दा माया लाग्ने तर बेहोराचाहिँ..!”, सुब्बा साहेबले थपे ।  

“तपाई त एउटै अपिसको मान्छे । कहिलेकाहीँ त्यहाँ कुनै आइमाई आएको देख्नुभएन ?” सुब्बीनीले सोधिन् ।

“देख्न त देख्थेँ तर लाग्थ्यो कुनै सेवाग्राही होला” सुब्बा साहेबले आँखा चिम्सा पार्दै केही सम्झेजस्तो गरे ।  

–अँ ऽ त्यो एउटा आइमाईचाहिँ प्राय आइरहन्थी ।  

–कस्ती ? अग्लीअग्ली , जिउ पातलो भएकी हो ?  

–हो भाउजू, हजूरले देख्नु भएको छ र ?  

“त्यही हिजो साँझ खाना लैजाँदा बाटोमा भेटेकी थिएँ । साँझ परेकाले अनुहार देख्नै पाइन” सीताले भनिन् ।  

“हजूरहरू सबै छिमेकी हुनुहुन्छ ?” एकजना अपरिचित मानिसले सोधे । उनी केहीबेर अघिदेखि नै मोबाइल हेरेजस्तो गर्दै दृश्य खिचिरहेका थिए ।

–हो हजूर ।

–तपाईको विचारमा यी शम्भुलालले भ्रष्टाचार नै गरेका होलान् कि कसैले फसाए होलान् ?  

“हामीलाई पनि हेर्दा त भ्रष्टाचार गर्लान् जस्तो लाग्दैन हजूर। तर, हिजोआज गाईंगुई अर्की पत्नी राखेका छन् रे भन्ने सुनिन्छ । एउटीलाई राम्रो सँग धान्न नसकेकाकाले अर्कीलाई धान्न त केही न केही गर्नै प¥यो होला र हो कि” सुब्बा साहेबले भने ।

“हजूरको त आफ्नै स्टाफ यसो थाहा हुने पर्ने नि हकि ?” अपरिचितले सोधे ।

–खै हजूर ? उनी त्यति बोल्ने र साथीभाइसँग जमघटमा रहने मानिस त होइनन् तर घुसघुसे रहेछन् ।

–अर्की श्रमती पनि राखेकै होलान् त ?

–शङ्का भयो हजूर” सुब्बाले जवाफ दिए ।

–हजूरको परिचय ?  

“म उहाँकै विषयमा बुझ्न आएको थिएँ । नाम मेरो गौरव” अपरिचितले भने । उनले सीताको अनुमतिमा शम्भुलालको डायरी लिए र फर्काउँला भन्दै हिँडे।

शम्भुलाललाई अदालतमा पेश गरी म्याद थपाउने काम भइरहेको थियो । थुनछेक बहस आरम्भ गर्ने विषयमा डिएसपी र इन्सपेक्टरको खटपट भइरहेको थियो । किन नगरिएको भन्दा इन्सपेक्टर जवाफ दिन्थे, “अनुसन्धान भइरहेको छ”। उनको विरुद्घ मुद्दा दायर गरेको कार्यालय पनि उनलाई अदालतमा पेश गर्न ढीला भएकोमा रुष्ट भएको थियो । उनी गिरफ्तार भएको एक्काइसौं दिनमा मात्र थुनछेक बहस हुने भयो । शम्भुलालको तर्पmबाट साक्षी बस्ने र भ्रष्टाचारी होइन भनेर जिकीर गर्ने वकिलसमेत राखिएको थिएन । अदालतमा सरकारी वकिलले शम्भुलाललाई केरकार गर्दै गर्दा उनकी पत्नी पुगिन् । साथमा केही छिमेकी थिए ।  

“शम्भुलालको तर्पmबाट होइन भन्ने कोही छ ?” न्यायाधीशले सोधे ।  

“हजूर मलाई त यिनले यस्तो काम गरेहोलान् जस्तो लाग्दैन तर अर्की स्वास्नी राखेको कुरा आएको छ । त्यसो हो भने के हो यिनैले भनून्” सीताले जवाफ दिइन् ।  

“के हो शम्भु ? दशहजार लिएकै हो ?” सरकारी वकिलले सोधे ।

–लिएको होइन हजूर ।

–कहाँबाट आयो त ?  

“कहाँबाट आयो मलाई थाहा छैन तर कसैले राखिदिएको हो”शम्भुलालले भने ।

“हाहाहा सबै भ्रष्टाचारीहरू यसै भन्छन् । फसाएको, कसैले राखिदिएको होइन त ?” सरकारी वकिलले उनको कुरा हाँसोमा उडाउँदै भने ।

–तपाईलाई भ्रष्टाचारको अभियोगमा किन कार्वाही नगर्ने लौ भन्नुहोस् त ।

“गर्ने, मजस्तालाई नगरे अरू कसलाई गर्ने ?”शम्भुलालले जवाफ दिए । उनको प्रत्युत्तरलाई सरकारी वकिलले साविती बयानको रूपमा व्याख्या गरे ।    

“सम्बन्धित मान्छेले स्वीकारेको कुरा भयो श्रीमान्”सरकारी वकिलले भने । केहीबेर इजलासमा सन्नाटा छायो । न्यायाधीश निर्णय सुनाउने तरखरमा लागे ।  

“श्रीमान् ! प्रतिवादीको तर्पmबाट मलाई केही कुरा भन्ने र राख्ने अनुमति दिइयोस् ।” एकजना भलादमीले अदालतभित्र पस्दापस्दै अनुमति मागे । शम्भुले पुलुक्क हेरे । उनी इन्सपेक्टर अभय थिए ।  

“जय नेपाल साव ।” असइले सलाम ठोके।

 –असइ साहेब ! म अहिले इन्सपेक्टर अभय होइन म सामान्य मानिस भएर आएको छु । यसैका लागि मैले आज छुट्टी पनि लिएको छु ।  

“लौ कुरा शुरु गर्नुहोस्” न्यायाधीशले भने ।  

“श्रीमान् एकाध कसूरदारहरू अनुसन्धानको अभावमा निर्दोष बनेर उम्किन सक्छन् । त्यसले त्यति ठूलो प्रभाव पार्दैन तर एकजना पनि निर्दोष मान्छेलाई दोषी बनाएर सजाय दिइयो भने न्यायको मृत्यु हुन्छ । न्यायको मृत्युले मानव सभ्यताको अन्त गर्छ  । न्याय नमर्न मानिसको विवेक जीवित हुनुपर्छ । विवेकलाई साक्षी राखेर भन्छु – शम्भुलाल निर्दोष छन् । यिनलाई भ्रष्टाचारको सजाय हुनुहुन्न ।

“के प्रमाण छ तपाईसँग यिनलाई निर्दोष भन्ने ?” न्यायाधीशले सोधे ।  

“धेरै प्रमाणहरू छन् श्रीमान् । सबैभन्दा पहिले यो भिडियो देखाउने अनुमति चाहन्छु ” इन्सपेक्टरले पेन ड्राइभबाट भिडियो देखाए । भिडियोको दृश्यमा यसरी बोले केही मानिसहरू–

‘यो जग्गा दर्ता गर्न सकियो भने हामी मालामाल हुन्छौं । एक करोड त एकजनाको हातमा दर्ता गरेकै भोलिपल्ट आउँछ। तर, किन बुझिरहनुभएको छैन तपाईहरू हँ ? हाकिम साहेब ?’ पहिलो मानिसको अभिव्यक्ति ।  

“मैले नबुझेको होइन हाम्रो ग्वाँच अधिकृत छ एकजना शम्भुलाल भन्ने । उसलाई उठाउन फाइल भनेको त ज्यान गए मान्दैन ।” दोस्रो मानिसको हावभावसहितको अभिव्यक्ति।

“अर्को कसैलाई उठाउन लगाए हुन्न हाकीम साहेब ?” पहिलो मानिसको प्रस्ताव ।  

“हुन्थ्यो तर उसले सबै थाहा पायो । उल्टै भन्छ कि सार्वजनिक जग्गा नापी गरियो भने म सहन्न यो राष्ट्रघात हो । कति न देशको ठेकेदार आपैंm भएजस्तो ? म त्यसलाई त्यहाँबाट पन्छाउने उपाय सोच्दैछु” हाकीम साहेबको जवाफ । दुईजना मानिसहरू कानेखुशी गर्छन् । भिडियो सकिन्छ । हेर्ने मानिसहरू चकित हुन्छन् ।

“यति भिडियोको आधारमा त केही भन्न सकिन्न । अरू प्रमाण के छ ?” सरकारी वकिलले प्रतिवाद गर्छन् ।  

“यिनको डायरी ल्याएको छु घरमा पसेर । यिनले लेखेका डायरीका धेरै कुरा पढ्न अहिले समय छैन । तर, यो डायरी एउटा देशभक्तको डायरी हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।” इन्पसपेक्टरले सेवाग्राहीहरूसँग अरूले घूस खाएर दुख दिएकोमा चित्त दुखाएको र विरोधमा लेखेका केही हरफहरू पढेर सुनाए । इन्सपेक्टरले थप भिडियो देखाउने तयारी गरे । उनले भिडियो देखाउनुपूर्व भने– श्रीमान् एकजना देशभक्त कर्मचारी आज हिरासतमा आँसु पिएर बसेको छ । हजारौं लोभलालचलाई अस्वीकार गरेको उसको घरको जीवन यस्तो छ जुन एउटा सामान्य मजदूरी गर्नेको भन्दा माथि छैन । एउटा कोट छ सधंै टकटक्याएर लगाएर हिंड्ने । बच्ची सरकारी विद्यालयमा पढ्छिन् । पत्नी झन्डै निरक्षर प्रकारकी जसले जे सुनायो त्यही पत्याउने” इन्सपेक्टरले भन्दाभन्दै न्यायाधीश बोले –तपाई विषयमा आउनुहोस् ।

–हो श्रीमान् म विषयमा नै छु । तथापि म भावुक भएको छु । म भावुक नभएको भए आज यिनको पक्षमा यति कुरा गरिदिने कोही हुने थिएन । किनभने मैले त यिनलाई हिरासतमा प्रहरी भएर अभियुक्तको रूपमा मात्र चिनेको हुँ । यिनको स्वभाव र अवस्थाप्रति मेरो भावुकताले खिचेको हो । लौ हेर्नुहोस अर्को भिडियो ।  

दृश्यमाः सुब्बाले शम्भुलालकी पत्नीलाई उक्साउँछन्– भाउजू, यिनले त अर्की स्वास्नी राखेका छन् । दृश्य बदलिन्छ सुब्बाकी पत्नी आउँछिन् त्यही कुरा गर्छिन् । भिडियो सकिन्छ । इन्सपेक्टर अभय प्रश्न गर्छन्– – – श्रीमान् , यी शम्भुलालकी सोझी पत्नीलाई यी मानिसहरू किन यसरी भड्काउँदैछन् ? समयले यसको खुलासा अवश्य गराउला । म यिनको प्रतिरक्षा गरिदिनुपरयो हजूर भन्दै केही नेतागणकहाँ पनि पुगेँ । नेतागणकहाँ पुग्दा पाएको जवाफको क्लिप्स राख्ने अनुमति माग्छु – 

दृश्यमा, नेताजीको घरमा इन्सपेक्टर अभय र उनको प्रश्न “एकजना सिधासाधा, कसैको कुभलो नचाहने मानिस भ्रष्टाचारको केशमा परेका छन् । मलाई त फसाएजस्तो लाग्दैछ ।  हजूरजस्तो जनप्रतिनिधिले कसरी बचाउनु हुन्छ खै ?  

“हेर्नुस् लगानी नगरी प्रतिफल पाइँदैन । उनले म र हाम्रो पार्टीमा कुनै लगानी गरेका छैनन् । चुनावमा तीन महिनाको तलब हाल न भनेको त जहान भोकै मर्छन् हजूर । म कुनै घूस खाने कर्मचारी होइन मसँग शुद्घ तलबबाहेक केही छैन पो भन्छन् । ठाउँ चाहिएन सेवा गर्न ?” जनप्रतिनिधिको आवाजसँगै दृश्य बदलिन्छ, भिडियोकर्ता अर्को दलको नेतासँग उनको प्रतिरक्षाको कुरा गर्न जान्छन् । त्यस्तै खालको विचार पोखिन्छ । ती दलका नेता भन्छन् –पार्टीलाई बेलाबखत सहयोग गर्ने गरेको भए पो हामीले बोल्ने र गर्ने तागत हुन्छ ? न उनी हाम्रो भातृसङ्गठनका सदस्य हुन् न कुनै सहयोग गरेका छन् । फेरि भ्रष्टाचार गरे भने गरे कसले थाम्ने ? हाम्रै नेतालाई त केही गर्न सकिएन । जेलबाट निस्केपछि बीस किलोको मालाबाहेक के दिन सकियो र ?

हात ठटाउँदै बोले नेताजी । दृश्य सकिन्छ ।  

–श्रीमान्, यी भिडियो क्लिप्स देखाइरहनुको मतलव यी कस्ता मान्छे रहेछन् भनेर पुष्टि गर्नु पनि हो । त्यसकारण यी निर्दोष छन् यिनलाई इज्जतपूर्वक रिहा गर्दा न्यायको शिर ठाडो हुन्छ, अभयले दृढतापूर्वक भने।

–तपाईको कुरा मात्र सुनेर उनी निर्दोष छन् भन्न मिल्छ ? सरकारी वकिल उठे र दशहजार घूस प्रकरणको भिडियो देखाउँदै भने –श्रीमान् ,यसले शम्भुलाललाई निर्दोष छ भन्दैन ।  

“तपाइँसँग थप के प्रमाण छ ?” घूस प्रकरणको भिडियो हेरिसकेपछि न्यायाधीशले सोधे ।

“श्रीमान् यसको पछाडि अर्को रहस्य छ । शम्भुलाल निकै भावुक छन् म भन्दा पनि ज्यादा । आफ्नै पत्नीले पनि भ्रष्टाचारी भनेको र अर्की पत्नी राखेको छस् भनेर ठोकुवा गरेपछि यिनले लेखेका डायरी यस्तो छ– मैले यो संसारसँग हारें । म निकै लाचार रहेछु । यो बनावटी घटनाले मेरो छवि समाप्त पारेको छ । म समाजमा मुख देखाउन लायक हुने छैन । मैले यस्तो काम गरेको छैन भनेर दुनियाँले पत्याउनेवाला छैन किनभने भिडियो खिचेर सर्वत्र प्रचार गरिएको छ । मबाहेक म निर्दोष छु भनेर थाहा पाउने र भनिदिनुपर्ने मेरी पत्नी हो। तर, ऊ कसैको वहकावमा मैमाथि खनिएकी छ । म निर्दोष भएको कुरा सायद भगवानलाई र फसाउनेहरूलाई मात्र थाहा छ । म यी अन्तिम अक्षर छोडेर आउने छु भगवान ।” डायरीका शब्द इन्सपेक्टरले जस्ताको तस्तै पढे र न्यायाधीशलाई दिए । अदालतमा शून्यता छायो । न्यायाधीशकै आँखामा पनि आँसु टप्कियो ।

उनले आँखा पुछ्दै सोधे–अभयजी, उहाँलाई यतिको भरमा पनि निर्दोष भन्न सकिँदैन । त्यो दश हजारमा उनी फसेका हुन् भन्ने प्रमाण अहिलेसम्म पेश गरिएका कुराले त  गर्दैन ?  

“गर्दैन श्रीमान्,मलाई राम्ररी थाहा छ । त्यसैले अन्तिम प्रमाणको भिडियो होइन त्यस दिन अभियोग लगाउने सहयोगीलाई नै खोजेर ल्याएको छु ।” अभयले आपूm नजिकै भएका एकजनालाई उठ्ने इसारा गरे ।

–धिरजजी , तपाई ईश्वर र अनित्य चोला सम्झेर, सत्यतथ्य भनिदिनुहोस् ।  

“हो श्रीमान्, प्रस्तुत पहिलो भिडियो अभय सरलाई मैले नै दिएको हुँ ।  उहाँको हाकीम विलासजीले शम्भुलाललाई ठीक पार्नुपर्छ भन्नुभयो । मैले सहयोग गरेँ । उहाँकै स्टाफ सुब्बा मणिरामले उहाँको घर्राको साँचो उपलब्ध गराइदिनुभयो । मैले दश हजार राख्दिने काम गरेँ । अभय सरले मलाई भेटेर सारा कुरा भन्नुभएपछि मैले अपराधबोध गरें । यस्तो मानिसलाई फसाउन भूमिका खेलेर मैले ठूलो पापकर्म गरें भन्ने लाग्यो । म आज अपराध स्वीकार गर्दै यसबापत  सजायभागी हुन आएको छु”।  हात जोडे धिरजले ।  

“श्रीमान्, मलाई लाग्छ अब दिउँसोलाई कसैले रात भन्ने छैन । सत्यको घाँटी निमोठिने छैन । बस् बाँकी निर्णय श्रीमान्को” अभयले हात जोडे । न्यायाधीशले शम्भुलाई बेकसूर घोषणा गरे । उनले भने–शम्भुलाललाई पन्छाएर स्वार्थ पूरा गर्न खोज्ने उहाँको हाकीम र अन्य मतियारलाई पक्राउ गरी तत्काल अदालतमा पेश गर्नसमेत आदेश गर्दछु ।” न्यायाधीश जुरुक्क उठे र  इन्सपेक्टर अभयलाई सलाम गरे । अदालतमा तालीको गडगडाहट सुनियो।

“अभयजस्ता प्रहरी र शम्भुलालजस्ता कर्मचारी यो देशको आवश्यकता हो । शम्भुलालजी ! तपाईलाई हिरासतमा राखेर र यहाँ उभ्याएर जे जति मनोवैज्ञानिक चोट परेको छ त्यो म बुझ्दछु । यसका लागि यो राज्यको विकृत संयन्त्र जिम्मेवार छ । तपाईलाई भविष्यमा अझ यस्तो विकृतिविरुद्घ लड्ने आत्मबल प्राप्त होस्” न्यायाधीशले भने । शम्भुलाल अभयको पाउ समात्न पुगे ।  

– आज मैले अभिमन्यु नमर्दै अर्जुनलाई लिएर आउने कृष्ण फेला पारें । द्रौपदीको चीरहरण हुँदाहुँदै आइपुगेका श्रीकृष्णको  अनुहार देखें । द्वापरमा पनि नभेटिएको ईश्वरलाई म आज बारम्बार नमन मात्र गर्न सक्छु । मैले सारा पीडा बिर्सिएको छु सायद वरदान पाउन पनि ठूलो तपस्या गर्नुपर्छ । विनातपस्या साक्षात् दर्शन ? तपाईलाई देखेपछि यो देशमा अभैm बाँच्न सकिन्छ भन्ने विश्वास पलाएर आयो मलाई ।

–तपाई्रंले ठूलो तपस्या गर्नुभएको छ सत्यको पक्षमा । म ईश्वर होइन, तपाईजस्तै भावना भएका मानिस मात्र । यो मेरो कर्तव्य थियो शम्भु सर । तपाईंलाई हिरासतमा ल्याएदेखि नै मैले अपराधी अनुहारको रूपमा देखिरहेको थिइन । त्यसकारण तपाईमाथि षड्यन्त्र गर्नेहरूको पिछा गर्ने योजना बनाएँ । यसका लागि तपाईको घरटोल सबै चाहारें । तपाईलाई पैसा दिएको र लिएको भनेर भिडियोमा देखिएका धिरजको घर खोजेर पुगें । आज सफलता हात लाग्यो तपाईजस्तालाई अपराधी भन्नबाट जोगाउन सकें । म यसैलाई भाग्य ठान्दछु” इन्सपेक्टरले अँगालो हाल्दै भने । सुब्बा मणिराम र शम्भुलालका हाकीमलाई गिरफ्तार गरी त्यहीँ ल्याइपुरयाइयो । शम्भुलाल बाहिरिनु र उनीहरू प्रवेश गर्नुको संयोगलाई नियाल्दै प्रहरी निरीक्षक अभय मुसकुराए ।

प्रकाशित: १९ माघ २०७७ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App