२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जन्मोत्सव केक

लघुकथा

सम्झिन्छु विगत ।

रहर थियो, छोरीको जन्मोत्सवमा केक काटौं । 

श्रीमतीलाई भने – त्यो दिन छोरीको जन्म दिन रहेछ । आज केक काटेर नै मनाऔं ।

कताकता यो पनि सुनेको थिएँ –हामीलाई केक काटेर जन्म दिन मनाउँदा अशुभ हुन्छ।

रूढिवादी हो या सत्य हो म बुझ्न सकिरहेको थिइनँ । जे होस् छोरी मेरो पहिलो पल्ट दोस्रो जन्म दिन मनाउने नै भनेर भोजभत्तेरै गरेको नै थिएँ ।  सबै आफन्त आएका थिए।  मेरो जन्म दिने आमाबा सबै थिए । जन्म दिनको केकमा छोरीको नाम थियो – हेप्पी बर्थ डे चञ्चला।  त्यतिबेला छोरी खुशी थिइन् ।  रमाएकी थिइन् । 

जन्म दिनको एक महिनापछि आमाको अकस्मात् मृत्यु भयो । ओहो झस्किएँ, रूढिवादीतिर धकेल्यो । हामीलाई जन्म दिनको केक फाप्तो रहेनछ ।

मेरो जन्मोत्सव थियो । डर  लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन ।  अँह म केक काट्दिनँ ।  अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठाएछु। म अपराधी रहेछु ।

झल्याँस्स बिउँझिएँ । कताकता फेसबुकको भाइरलहरूले हिजोआज सपनामा पनि मलाई किन खेदिरहेको छ हँ श्रीमतीज्यू । म आफ्नी श्रीमतीलाई सपनाको कुरो खोतल्दै थिएँ । 

श्रीमती भन्थिन्–  यो बुढो के बन्छ, अब भविष्यले बताउँला ।

प्रकाशित: १८ माघ २०७७ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App