२८ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाको भूत

सारा संसार चिन्न खोजियो हिजोसम्म सम्पूर्ण संसार त आफैंभित्र पो रहेछ वर्तमानले सबै मान्छेलाई आफैंभित्रको संसार खोज्ने पाठ पढाएको छ ।

आमा

आमा, लडें भने उठाऊ है मैले बाटो बिराएँ भने सिकाऊ है तिमीलाई दुख भयो भने भन है आफ्नो मनको बह पोख है अब त म बुझ्छु नि, तिमीलाई साथ दिन्छु नि।

आफैंलाई म सम्झाउँँ कति

आफैंलाई म सम्झाउँँ कति सत्यलाई असत्य बताउँ कति एकाेहाेराे थियो त्यो प्यार मेरो तिमीमाथि हक देखाउँ कति मेरो यो मन राख्नका लागि तिमी सपनामा आउल्याै कति दुनियाँदारीकाे हर चङ्गुुलबाट म अब यहाँ जाेगियुँला कति।

टल्किदैमा पहेंलो सबै सुन कहाँ हुन्छ र ?

टल्किदैमा पहेंलो सबै सुन कहाँ हुन्छ र ? हरेक बाजामा उस्तै धून कहाँ हुन्छ र ! उही माटो उही हावापानीमा हुर्केको भन्दैमा सबै मान्छेहरूमा उस्तै गुन कहाँ हुन्छ र ?

रूपान्तरण

हिजोका तिम्रा तिनै वैरी आज तिमीलाई भरपर्दो सुरक्षा दिइरहेछन्। तिम्रा तिनै आँखाले हिजोको मेरो दरबारलाई गोठ देखिरहेछन्।

प्रवेगता

अहो ! आस्थाको धरोहर पनि कति मीठो हुने रहेछ । उसले मलाई विदाइको बेलामा भनेको थियो, ‘यार साना नानीहरू छन् जहाँ जान्छस् आफ्नो ख्याल राखेस् ।’ मैले त्यो बेला कतिबेला यो अड्डा छोडौं भन्ने भएको हुनाले त्यो कुरामा खासै ध्यान दिइनँ । मेरो त्यो बेलाको समस्या भनेको ती स्वार्थी र नीचहरूबाट जति सक्यो त्यति छिटो टाढा हुनु थियो । तसर्थ त्यो कुरालाई त्यति महत्वपूर्ण ठानिन ।

रूख र पात

आफूलाई महान् ठान्यो मूल नै खराब देख्यो हरियो पत्ता थियो सुकेर पतिङ्गर बन्यो मच्चिनु मच्चियो थच्चिनु थच्चियो नियति झर्नु थियो आफै झरेर गयो ।

सेता कमलका फूलहरु

रात र दिन भन्दैनौ तिमी एकतमास वार्डहरूमा कुदिरहन्छौ के जाडो के गर्मी सर्वदा फुलिरहन्छौ अस्पतालका साँगुरा वार्डहरूमा तिमी मायालु सेता कमलको फूल कहाँ छ तिमीलाई आराम कहाँ छ तिमीलाई समय आकाशको लम्बाइ ताराहहरूको गोलाइ आँखा तन्काई तन्काई नापिरहन ?

मालको चाल

अचले घबुअ बर्बराउँदै इमानलाई भन्दैछ, ‘घरमा ढंगकी स्वास्नी नभएपछि यस्तै हुँदो रैछ । पहिले तिम्रो घरमा मुसा रुन्थ्यो । अहिले कैको दुख छैन । तिम्री त लच्छिनकी श्रीमती परिछ । मेरी त मुखाले छे । यही भएर भुइँमा न भाँडामा भइयो ।’

सपनाको खोजीमा एउटा पात्र

राउत दाइ तपाईले खोज्नुभएको त्यो स्वर्ग अब कहाँ पाउनु र यहाँ तपाईका रहरहरु अब भेट्टाउन सक्नु हुन्न सुन्दर सपना बोकेर अब हिँड्न सक्नुहुन्न राउत दाइ यो गाउँ तपाईले खोज्नुभएको गाउँ होइन ।

बुद्ध मूर्तिको गेटमा ठूलो ताल्चा

केही थान फोटो खिचेर हामी तल झरयौं । दुखेर रातभरि सुत्न नदिने घुँडा मलाई उकालो चढाएर झार्दै छ ओरोलो । सिधै ओरोला । बाँदरका बच्चा आमासँग झगडा गरिरहेछन् । भोकाएका हुँदा हुन् । आमा पनि भोकै भएर दूधै सुकेको हुँदो हो । कस्तो नमीठो लाग्यो आफूसँग दिनका लागि केही छैन ।

अञ्जलीका पाँच गजल

आँखाबाट यति धेरै आँसु खेर गएपछि जिन्दगी खोलाजस्तै लाग्छ बगेर गएपछि। मन पनि मन जस्तो हुँदैन बाआमालाई छोराछोरीले पनि परदेश छोडेर गएपछि। यसकारण टाढा भएको हो त्योचाँदनी पनि जुनकिरीले जूनलाई भन्दै नभनेर गएपछि।

कोरोना

कोही पछाडि टाँसिएर यसो गर र उसो गर भनिरहेका छन । त्यो देखेपछि रामेशले भने, ‘कोरोनाले सिर्जना गरेको भयानक समयमा किन भीडभाड गर्नु भएको ?’ –लकडाउन त सकियो नि सर । – लकडाउन सकिए पनि कोरोना झन् बढिरहेको छ । अब झन होसियार हुनुपर्छ ।

चिसो हुन्छ मान्छे

आफ्नै बाटो हिँड्दा पनि लडिन्छ कि कतै, के टुंगो र कतिबेला टुंगिन्छ कि कतै । चिन्न कहाँ सकिन्छ र पासो हुन्छ मान्छे मान्छे, स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।

जितेन्द्र रसिकको ‘पव्लिक स्पिकिङ’ सार्वजनिक

लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामा नभएको र पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्