२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

टल्किदैमा पहेंलो सबै सुन कहाँ हुन्छ र ?

पाँच मुक्तक

ज्ञानुवाकर पौडेल

 

        (१) नदुखेको कपाल दुखाएर के फाइदा ? 

            बेकारमा बिवाद बढाएर के फाइदा ?

         जोसित कहिले ग्रह मिल्दैन आफ्नो -

         उसैसंग हात हात मिलाएर के फाइदा ?

 

            (२)  कागजकै फूल सही फूलमा सुगंध चाहियो 

                गद्यमय भो जिन्दगी तिम्रो छन्द चाहियो

               भन्दिउन् कसैले हाम्रा कविजीलाई सुनाईदिउन्

               बेदना हैन तिम्रो कवितामा आनन्द चाहियो !

 

         (३)   कोही चै हुन्छन् नारामा बम्किने कवि 

              कोही चै हुन्छन् भावनामा बहकिने कवि 

             कोही हुन्छन् उज्यालोमा'नि अंध्यारो अनुहारका 

             कोही चैं हुन्छन् अँध्यारोमा पनि चम्किने कवि !

 

      (४)   फर्निचर बनाउन रूख नढाली हुन्न

              गहना बनाउन रूख नढाली हुन्न 

             बन्नु छ भने तिम्लाई पनि राम्रो कवि 

          दु:ख-दर्द यो दिलमा नपाली हुन्न !

 

         (५) टल्किदैमा पहेंलो सबै सुन कहाँ हुन्छ र ?

            हरेक बाजामा उस्तै धून कहाँ हुन्छ र ! 

           उही माटो उही हावापानीमा हुर्केको भन्दैमा 

           सबै मान्छेहरूमा उस्तै गुन कहाँ हुन्छ र ?

प्रकाशित: १६ श्रावण २०७७ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App