२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पौडी खेल्नेक्रममा बेपत्ता बालिका ११ दिनपछि मृत भेटिइन्

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. २ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा हराइरहेका दुई बालबालिकामध्ये एकजनाको शव फेला परेको छ।

असोज १८ गतेबाट हराइरहेका दुईमध्ये १२ वर्षीया आइतरानी शेर्पा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार शेर्पाको शव आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ ओडारे भन्ने स्थानको मैवाखोला किनारमा फेला परेको छ।

शेर्पासँगै हराएका ११ वर्षका सन्देश बराइली भने अझै बेपत्ता रहेका छन्। उनको खोजी भइरहेको रावलले जानकारी दिए। आइतरानी, उनका दाजु कुशुले शेर्पा र सन्देश मैवाखोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। कुशुलेले पौडिएर ज्यान बचाएका थिए।

प्रकाशित: २८ आश्विन २०८१ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App