आफै गल्ती गर्छन् अनि चिसो हुन्छ मान्छे,
स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।
आफ्नै बाटो हिँड्दा पनि लडिन्छ कि कतै,
के टुंगो र कतिबेला टुंगिन्छ कि कतै ।
चिन्न कहाँ सकिन्छ र पासो हुन्छ मान्छे मान्छे,
स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।
यस्तै रैछ दुनियाँ आफ्नै धुनमा कुद्ने,
सेवा धर्म गर्छु भन्दै देखावटी जुट्ने ।
निल्नु न ओकल्नुको झिँजो हुन्छ मान्छे,
स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।
प्रकाशित: १२ श्रावण २०७७ ११:२२ सोमबार