२७ आश्विन २०८१ आइतबार
image/svg+xml

नयाँ विधा – आँचल (नारी साक्षात् देवी )

नारी साक्षात् देवी हाम्री प्राकृतिक हुन् त्रिमूर्ति आमा,चेली, पत्नी लालीमय प्रेमको प्रकृति । कैदी बनायो है मान्छे कोरोनाले विषाणुले चुनौती थपियो प्राकृतिक् सन्तुलन विरुद्ध ।

नयाँ विधा – साइनो (जीवन भत्केको दुख)

धर्ती भत्केको दुख जीवन भत्केको दुख पदासीन निद्रामा मस्त ! विदेशी हस्तक्षेप सूत्रदाता स्वयं हामी पराधीन यो मनोवृत्ति ।

अन्तर्घात (तीन दिनपछि गाउँमा हल्ला चल्यो – हरिले शोभालाई भगाएछ।)

विनिताले आदेशात्मक लवजमा भनिन् , ‘अब दोधारे कुरा नगर । पर्सि बिहानै चितवनतिर जाओ। केही दिन त्यतै बिताउनू र फर्कनू । हनिमुन हो कि क्या हो, भन्छन् नि। तिमी र तिम्रो लोग्ने दुवै उमेर पुगेका छौं कसले पो के भन्छन् र ।’शोभाले भनी, ‘दिदीले त अहिले नै उसलाई मेरो लोग्ने भन्नुभयो ।’विनिताले भनिन् , ‘आजैबाट भने पनि पर्सिबाट भने पनि तिमीहरू अब लोग्ने स्वास्नी ।’ तीन दिनपछि गाउँमा हल्ला चल्यो – हरिले शोभालाई भगाएछ।

नयाँ विधा – केस्रा हिउँचुलीको मेरो देश

यो हिउँचुलीको मेरो देश यो मेरो भाषा यो मेरो भेष बाँचिरहोस् जुगजुगसम्म मृत्युले मलाई लाए नि ठेस प्राणभन्दा प्यारो मेरो देश देखुं मृग कस्तुरीको रेस ।यो हिउँचुलीको मेरो देश ।

हिमाल बोक्न मन थियो नि घलेगाउँ !

काठमाडौँ जाने माइक्रोमा फेरि बेंसीशहर सम्झँदै छु । उही रमाइलोमा रोमाञ्चक भइरहेको छु ।तिहारको रमझमले बेँसीसहरलाई पनि सजाएको छ ।नवदुलहीझैँ देखिएको दृश्य आँखा अगाडि आइरहेको छ । स्पिकरमा बजिरहेका हिन्दी चलानी गीतहरूले भने दाँतमा ढुङ्गा लगाएका छन् ।भाइटीका छ भोलि । काठमाडौँ पुग्नु छ । माइक्रो कुदिरहेको छ । दिमागमा गाउँसहर, बेँसीसहर, घलेगाउ, घनपोखरा, भुजुङ आइरहेको छ । रमाउँदै छु ।म मनमनै कहिल्यै नबिर्सने बाचा गर्दै छु ।

चेतना भया

उद्देश्य प्राप्तिका खातिर लगातार यात्रा गर्न विवश पाइलाहरू घुम्दाघुम्दै थाकिएर सुस्ताएछन् भने पनि तिम्रो प्रतिक्षा त गर्ने छैन तर, सफलताको कामना भने सधैं तिमीसँगै हुने छ । आउने दिनमा हिँड्दै जाँदा कतै घुम्तीहरूमा भेट भइहालेछ भने विन्ती दुई शब्द नबोली दिएर अतीतलाई दोहोरयाउने अर्को पाप नगर्नु सबै प्रेमीप्रेमिकालाई चेतना भया !

सापटी

“हेर न भाइ ! मेरो त रोजगारी भनेकै घरभाडा हो । पाँचतलाको घर रित्तै छ । कोरोनाको हल्ला चलेदेखि सारा घरभरिका भाडामा बस्ने जति घर गए । मलाई केही दिनका लागि दश हजार दिनुपर्‍यो । म सकेसम्म छिट्टै फर्काउँला ।” उसले आफ्नो उद्देश्य प्रकट गर्‍यो ।

धारणा

‘लगनपछि पोतेको के काम ! बेलामा तातो दिए पो खानुको अर्थ रहन्थ्यो । बूढी भएपछि त सबैले हेप्ने रैछन् । पालो त तिम्रा नि आउलान् नै । देख्न पो पाउने कि नपाउने हो भनेर आमा फत्फताइरहेको सुनेर ऊ करायो , ‘होइन, के भयो ? किन यसरी रडाको मच्याउँदै घरको सुखशान्ति स्वाहा पार्नुभएको आमा ?’

कवच

एक काइँयो केरा र सुगर फ्रि बिस्कुट भएको झोला थमाउँदै भनेँ, ‘यसपटक घर जान नपाएकोले खिन्न लागेको थियो तर आज हजुरलाई भेटेर बाको न्याँस्रो सबै मेटियो । ‘ह्याप्पि फादर्स डे बा !’

प्राण (तर, आज म हेर्दैछु मेरै खरानी )

हेरिरहेछु म आत्मा भएर मेरै अस्तु । हिजोसम्म भौतिक शरीरमा भौतारिरहेकी चल्न सक्ने, बोल्न सक्ने तर, आज म हेर्दैछु मेरै खरानी ।

एसएलसीको खड्को

साँच्चिकैको फलामे ढोका त्यस समय एसएलसी उत्तीर्ण हुनु भनेको अहिले स्नातक उत्तीर्ण गर्नुजस्तै थियो । के चाहियो, हामीले ठूलै खड्को काटेको महसुस गर्दै रमायौं, उफ्रियौं । हामी उत्तीर्ण हुन्छौं भन्नेमा ढुक्क त थियो, हाम्रा विद्यालयका शिक्षकहरूले पनि उत्तीर्ण हुने यिनै यिनै हुन् भनेर नाम लिनुहुन्थ्यो । तर, एसएलसी हो के हुन्छ, के हुन्छ भन्न सकिंदैनथ्यो । नतीजा थाहा पाएपछि परिवारका सदस्यमा पनि खुसीयाली छायो । कहाँकहाँबाट कोको उत्तीर्ण भए भनेर गाउँभर चर्चा हुन्थ्यो । हामी र हामीसँगै उत्तीर्ण भएका साथीहरूको नाम लामै समय चर्चामा रह्यो ।

बाहिर घाउ नदेखिए पनि छाती पोलिरहन्छ

किन–किन आजभोलि मुटु जलिरहन्छ बाहिर घाउ नदेखिए पनि छाती पोलिरहन्छ । मनमा लाखौ वेदना लुकाइ हाँस्न सकिएन साथीभाइको माझ पनि रम्न सकिएन मनको बोझ बिसाउने ठाउँ पाइएन त्यसैत्यसै जिन्दगीलाई फ्याक्न सकिएन ।

पहिचान खोज्दै जाँदा झन्डा जलाइन्छ यहाँ ...

परदेशीलाई फर्क भन्दै माटो रुन्छ अचेल गाउँबेंसी नै शून्य हुँदा बाटो रुन्छ अचेल युवा परदेश गाउँमा रह्यो अपांग र पाका, मर्दा मलाम नभेटिदा घाटो रुन्छ अचेल ।

नाइल र कायरो

कायरो न ऊबिना बाँच्न सक्छ न ऊबिना आफ्नो अस्तित्व बनाउन सक्छ जो नाइलको रुन्चे सुस्केरासँगै हरदमहरपल बाँचिरहन्छ तर,कायरो अनुभूत गर्न सक्तैन नाइलका अनन्त दमित पीडाहरू जो युगौंदेखि छल्किदै विद्रोह गरिरहेछ ।

कोरोना कहर – आफ्ना हातमा कहाँ छ र मृत्यु !

एकछिन कल्पना गर्नुस् आफ्ना पुर्खाको । कुनै समयमा उनीहरू जन्मिए । गरे । खाए । जीवन बाँचे । कोही अरूका लागि पनि बाँचे । कोही आफ्नो र आफ्नो परिवारका लागि मात्र बाँचे । काल विभिन्न बहानामा आयो । लग्यो । चिचिलो पनि भनेन । पाको पनि भनेन । एउटा दिन आउँछ हाम्रो पनि । त्यो एकै निमेषभित्र पनि आउन सक्छ । अलि पर पनि आउनसक्छ । तपाईँ हामीले भोलि देख्न नपाउने पनि हुनसक्छ । त्यसकारण तपाईँ हामी सके अरूका लागि पनि बाँचौँ । सक्दैनौ भने पनि आफ्ना लागि त सानले बाँचौँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्