गीता अधिकारी
किन–किन आजभोलि मुटु जलिरहन्छ
बाहिर घाउ नदेखिए पनि छाती पोलिरहन्छ ।
मनमा लाखौ वेदना लुकाइ हाँस्न सकिएन
साथीभाइको माझ पनि रम्न सकिएन
मनको बोझ बिसाउने ठाउँ पाइएन
त्यसैत्यसै जिन्दगीलाई फ्याक्न सकिएन
मनको दिप बाल्नलाइ ज्योति भेटिएन
असल साथी खोज्नलाई बाटो भेटिएन
मनभित्रका रहरलाई मार्न सकिएन
त्यसैत्यसै जिन्दगीलाई फ्याक्न सकिएन
किन–किन आभोलि मुटु जलिरहन्छ
बाहिर घाउ नदेखीए पनि छाती पोलिरहन्छ ।
प्रकाशित: १० आश्विन २०७७ ०९:०७ शनिबार