२७ आश्विन २०८१ आइतबार
image/svg+xml

स्रष्टाका नजरमा निजामती सेवा

कोभिड–१९ का बीच आयोजना गरिएको खुला कविता प्रतियोगितामा प्राप्त कविताले निजामती सेवाको वर्तमानको यथार्थलाई चित्रण गर्दै यसलाई युगानुकूल सशक्त बनाउन मार्गदर्शन समेत गरेको देखिन्छ।

विदुषीको प्रण

‘विदुषी मेरो जीवनमा बाधा नहाल। यो बच्चा गर्भपतन गरेर फालिदेऊ। मेरो जीवनमा फर्केर कहिल्यै नआऊ। मैले तिमीलाई कहिल्यै माया गरेको छैन। केवल समय पास गरेको थिएँ,’ उसले छाडेको चिठीमा लेखिएको रहेछ।

हुर्कंदै गर्दाका कथाहरू

सानफ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा. टीका लम्सालले यसका छोटाछोटा कथा आकर्षक र कुतूहल जगाउन सक्षम रहेको बताए।

उत्सर्ग

‘चार दिन जसोतसो बसेँ। सकिनँ। निस्केँ। बिर्दासमका कसैलाई केई भनिनँ। पैसो थिएन। ह्वाँदेखिन् सोध्दै खोज्दै, हिनेरै ह्याँसम्मन् आइपुगेँ,’ निकै बेरको निस्तब्धता पछि ‘बाख्री बज्यै’ बोलिन्, ‘घर पुग्दा रघु गइसकेको रैछ। मलाई झुक्काएर गयो, नफर्किने गरी। तर सोचेँ, त्यसको नि आफ्नै जिन्नगी छ। जियोस्।’

शान्ति ठटालको स्वरगाथा

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’

कलाले बोलेको विगत र आगत

धर्मबाट निर्देशित भएका कला एक प्रकारले ‘कमिसन वर्क’ हुने गथ्र्यो। यसर्थ आर्थिक अनुदान गर्ने राजा–महाराजाकै इतिहास लेखिन्थ्यो। फलाना राजाको पालामा यस्तो मन्दिर बन्यो, यस्ता मूर्ति बने आदि आदि। जहाँ कलाको आन्तरिक गुण र कलाकारको नाम कतै हुने प्रचलनको विकास भएन।

मुनामदनभन्दा प्रेमिल आमाबुबा

सम्पत्तिका नाममा एउटा क्यामेरा, ५०० रुपैयाँ र हृदयभरि प्रेम बोकी स्याङ्जाको वालिङबाट नेपालगन्ज झरेका मेरा बाबाआमाको जीवनकथा उधिन्ने हो भने रोचक एवं प्रेरणादायी उपन्यास बन्छ।

साथीहरूका नाममा

साथीहरूको साथले हटाउँछ जीवनमा खल्लोपन, रंगमञ्चीय हाम्रो जीवनलाई बनाउँछ रंगारंग। हामी सदैव इच्छा, आकांक्षामा अल्झिरहन्छौं, समय सापेक्ष भई नयाँ साथी खोजी रहन्छौं।

नम्रताको शक्ति

जुन मानिसमा नम्रताको गुण छ उनीहरूले सितिमिति अप्रिय काम वा कुरा गरेर अरूको चित्त दुःखाउने काम त यसै पनि गर्दैनन् नै कदाचित कहीं कतै त्यस्तो भएछ भने पनि सोही नम्रताको गुणले ढाकिदिने गर्छ र अरूको ध्यान त्यतातिर पुगिरहेको हुँदैन । फलतः उनीहरूले जस्तोसुकै सङ्कटबाट पनि उन्मुक्ति पाइरहेका हुन्छन् र यस्ता व्यक्तिको जीवन जहाँ गए पनि सजिलै बितिरहेको हुन्छ ।

बिर्सनेहरूलाई एउटै बहाना काफी हुन्छ

बिर्सनेहरूलाई त केवल एउटै बहाना काफी हुन्छ तिमी भेटिन्नौ तर मलाई तिम्रै सम्झना काफी हुन्छ । इमानदारहरूका त दिन सकिदै जान थालेछन् ढाँट्ने – छल्नेहरूकै लागि यो जमाना काफी हुन्छ । देखेर मात्रै के गर्नु यहाँ हजारहजार सपनाहरू पूरा गर्नेहरूलाई त केवल एउटै सपना काफी हुन्छ ।

पूर्णिमाको रात (मैले नजिकै मुस्कुराइरहेको चन्द्रमा देखेँ ।)

“जुनू, मसँग के जीवन पाउँछौँ ? मसँग प्रकाश छैन । दिनमा सूर्यको प्रकाश राति चन्द्रमाको प्रकाश हुन्छ तर मसँग केही छैन ।”, मैले आफूलाई संयमित बनाउँदै अलि टाढा रहँदै कुरा अर्कोतिर मोड्दै भनेँ । “त्यही त सूर्यको प्रकाश पृथ्वीमा ठोकेपछि नै त चन्द्रमा प्रतिबिम्बित हुने हो ।”, उनी अझ नजिकिएर भन्न थालिन् ।

आस्थाको जून

मेरो भविष्य मेरो वर्तमान धृतराष्टले कालो पट्टी बाँधेर आँखाहरूमा दृष्टि लुकाएजस्तै गान्धारीलाई विश्वासको समाधिमा समतुल्य बनाएर निस्फिक्री समय जितेको सायद म मेरो भविष्य फिँजाइरहेछु आस्थाको र्घुमैलो क्षितिज ओछ्याएर आँगनसम्म घाम ओराल्न ।

घर (देह बलि चढाऔं देशले मागेको बेला।)

सहन्नौं कदापि दुश्मनको हेला, पस्केको भात छाडी आफन्तको लास छाडी आमालाई बचाउन, उनैलाई सजाउन निस्कौं रगतको आहुति दिन किन नपरोस् देह बलि चढाऔं देशले मागेको बेला । घर सम्हालौं अर्थात् देश बचाऔं ।

खै किन चल्दैन मैले छोको पानी

किन खै चल्दैन हजुरहरूलाई मैले छोको पानी। रगत उस्तै रातो रातो, उस्तै हैन र आँखाको नानी।। खै ममाथि मानविय व्यवहार दलित भएर होला। दुखी छु त्यसैले गर्नुहुन्छ है मेरो झन्– झन् हानि।।

मुड्खु

कसम, यही पातहरूमा प्रेम पोखिरहन्छ मुड्खु । हो, बाँदरहरू छन् मुड्खुमा तर यही बाँदरलाई अनुशासन सिकाउनेहरू पनि छन् मुड्खुमा, हो, बरालिएकाहरू बरालिन पनि आउँछन् मुड्खुमा तर यहीं श्रम गर्दै सीप सिकाउने समूहहरू पनि छन्, एकनासले चियाइरहन्छ काठमाडौको गन्जागोललाई मुड्खु अनि आफ्नै अनगन्ती दुख र अभावमा आनन्द लिइरहन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्