छायादत्त न्यौपाने बगर
१)
मान्छे उन्ने सूत्र यो
साहित्य कर्म सिर्जना
नेपाली मूल यो साइनो ।
२)
म जनताको मान्छे
रिवन काट्ने काम छ
जलपान जोरजाम छ ।
३)
धर्ती भत्केको दुख
जीवन भत्केको दुख
पदासीन निद्रामा मस्त !
४)
विदेशी हस्तक्षेप
सूत्रदाता स्वयं हामी
पराधीन यो मनोवृत्ति ।
५)
चेतनशील मान्छे
सिर्जनशील प्रकृति
सन्तुलित सृष्टि सौर्न्दर्य ।
प्रकाशित: १२ आश्विन २०७७ ०९:२४ सोमबार