दिलिप राई सगर
सिम्मा
कहाँ होला तिम्रो गाउँ
कस्तो होला तिम्रो ठाउँ
मीठो बोली हाँस्ने सिम्मा
के पो होला तिम्रो नाउँ
हिउँ खस्ने तिम्रो गाउँ
चिनारी त तिम्रो पाउँ ।
चाहना
यो हिउँचुलीको मेरो देश
यो मेरो भाषा यो मेरो भेष
बाँचिरहोस् जुगजुगसम्म
मृत्युले मलाई लाए नि ठेस
प्राणभन्दा प्यारो मेरो देश
देखुं मृग कस्तुरीको रेस ।
भेट
साइबर नेटमा
अप्रत्यक्ष भेटमा
एउटी रुपसीसंग
भयो गफ चेटमा
बस्यो माया नेटमा
ढलें म त गेठमा ।
ठिटो
यो भोजपुरे ठिटो
बुझ्दछ कुरा छिटो
गर्दैछ गाउँबेंसी
खाएर पीठोसिटो
यो इमानदार ठिटो
बाँड्छ मायाको बिटो ।
जीवन
जीवन हो फूलको थुंगा
नदीमा तैरिएको डुंगा
घामपानी छलेर जाने
छैन बाँच्नेमर्नेको टुंगा
वैलाई झरिजाने थुंगा
हो कि होइन भन लुंगा ।
सत्ता
जसले पायो सत्ता
उसले खायो भत्ता
सत्ता नै रैछ शक्ति
मलाई भयो पत्ता
जय ईश्वर सत्ता
दुनियाँलाई लत्ता ।
( केस्राकार केस्रा लेखन विधाका प्रवक्ता हुन् ।)
प्रकाशित: १२ आश्विन २०७७ ०८:१७ सोमबार