डा. पुष्करराज भट्ट
कसैले बोलेको सुनेर आँगनमा आएँ ।
मास्क लगाएको अनुहार एकछिन त चिन्न सकेन । टोपी देखेर बल्ल चिनेँ, “हैन हो दाजु ! आज एकाबिहानै कता पाल्नुभयो ?”
“यसो भाइसँग भेटेर केही कुरा गरौं कि भनेर ?” श्यामकाजीले भेटन आएको त बताए तर प्रयोजन बताएनन् । पहिले कहिल्यै घरमा नआउने, खासै वास्ता नगर्ने मानिस आज घरमा आएका छन् । केही गम्भीर कुरा हुनुपर्छ भन्ने सोचेर मैले उनलाई बैठक कक्षमा लगेँ ।
“हेर न भाइ ! मेरो त रोजगारी भनेकै घरभाडा हो । पाँचतलाको घर रित्तै छ । कोरोनाको हल्ला चलेदेखि सारा घरभरिका भाडामा बस्ने जति घर गए । मलाई केही दिनका लागि दश हजार दिनुप¥यो । म सकेसम्म छिट्टै फर्काउँला ।” उसले आफ्नो उद्देश्य प्रकट गर्यो ।
म सामान्य व्यापार गर्ने मान्छे, अवस्था मेरो पनि ठिक थिएन । तर यस्तो अवस्थामा घर आएपछि दिनैपर्यो ।
मैले उनलाई पैसा दिएर पठाएँ ।
आजभोलि उनीसँग भेट भएको छैन, कुनै न कुनै दिन त होला नि !
प्रकाशित: ११ आश्विन २०७७ ०९:३७ आइतबार