१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आमा

रमाले मोबाइलमा नम्बर थिचिदिइन्। आमा झिनो आवाजमा ‘बाबु, म बिरामी छु। अझै अस्पतालमै छु । यहाँँ रमाले हेरिराकी छ। बिहान रामे साहुले फोन गरेको थियो। मैले धेरै वर्ष अगाडिदेखि अलिअलि गरेर कसैले थाहा नपाउने गरी जोगाएको दस लाख रुपैयाँ ब्याजी लगाएकी थिएँ।

जलहरी

‘के नचाहिँदो कुरा गरेको ? कति वर्षदेखि स्वस्थानीको व्रत लिइराखेकी छौं । कहिले केही चाँहिदैन थियो । कुनै सामान नपुग्दा खोलाको बालुवाको बनाए पनि हुन्छ भन्ने कथा सुनाएको होइन ? फेरि अहिले एक्कासि त्यत्रो सुन किन चाहियो ?’

मृत्युका लावालस्कर

मृत्युको आयतन लम्बिएको छ चौंडाइ फिंजारिएको छ अब कल्पनाहरू ढलेका छन् सपनाहरू जलेका छन् अँधेरो पलको तिलक लाएर यो सिङ्गो समय नै कलंकित हुँदै जीवन विनाशको खहरेमा दौडिरहेछ।

अभूतपूर्व सृष्टि

आफ्नो सृष्टिकर्तातिर औंल्याउँदै ज्यादै नम्र भएर, ज्यादै निरीह स्वरमा मोडेलले भन्यो – “हजुर ! उहाँ त हिमालमा गएर तपस्या गर्न लाग्नु हुनेछ। म एक्लै के गरेर बस्ने? सन्तानोपादन गर्ने क्षमता पनि छैन।

आरपीको लस एन्जलस यात्रा

तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय आरपी भट्टराईको पहिलो साहित्यिक कृतिका रूपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ। अमेरिकाको लस एन्जलस, लस भेगस, युसिएलए र अन्य सहरमा झन्डै एक वर्षसम्म बस्दाका अनुभव तथा विभिन्न रमाइला घटना समेटिएको यस कृतिको अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जलस’ पनि सार्वजनिक भएको छ। यसको अंग्रेजी अनुवाद डा. शिवराज भट्टराईले गरेका हुन्।

लिभिङ टुगेदर

ओहो, आज के भएको यस्तो, हावाहुरी अनि पानी बाटोभरि, अस्तव्यस्त ! वैशाख सकिन आँटिसक्यो, चैतमा लाग्ने हावाहुरी अझै बेस्सरी चलिरहेकै छ। पानी पर्न रोकिएको थिएन। बाहिर हावाहुरीले ताण्डव मच्चाइरहेको थियो। म अफिसबाट भर्खरै फर्किएकी थिएँ। त्यो पनि छिटोछिटो काम सिध्याएर आएको। आकाश पहिले नै आएको रहेछ, ऊ कोठामा बसेर टिभी हेरिरहेको देखेँ। अचम्म परेँ।

कोरोनाको डरले

घरै बस्यो सानो भाइ घरमै बसे ठुला दाइ बाआमाको करले कोरोनाको डरले बाहिर गई आउँदा हातमा मैलो लाउँदा स्यानिटाइजर मागे है आफ्नो ख्याल राखे है भन्नुहुन्थ्यो सरले ।

आमा

उसले चिया छान्दै भन्यो, “आ छाड्नुस् । बौलाही हो । बेलाबेलामा कुन्नि कताबाट आइपुग्छे र मेरो छोरा भन्दै टपरीमा भातसात राखेर जान्छे । कहिलेकाहीँ फलफूल चढाएर जान्छे । छोरालाई भोक लाग्यो रे ! कहिले त लुगा ओढाएर जान्छे । छोरालाई जाडो भो रे! ... आ, त्यस्ता बौलाहीका कुरा पनि के गर्नु ?” ऊ उसैगरी चिया फेट्न थाल्यो।

फूलले पनि सृष्टिको रिन लागेर फक्रेपछि झर्नैपर्छ दिन लागेर !

फूलले पनि सृष्टिको रिन लागेर ! फक्रेपछि झर्नैपर्छ दिन लागेर ! भुलिदिन्छौ हामी आफ्नो धरातल,सपनाको संसार रंगीन लागेर ! बलात्कारीले किन पासो लाउँदैन ? अपराधी जीवन अर्थहीन लागेर !

उस्तै युद्ध लड्नु छ

शिक्षा लिन सजिलो फुर्सदमा सधैँ जाऊँ पुस्तकालय पढ्ने ठाउँ। काम अब हाम्रो छ पुस्तकालय जगेर्ना ऐतिहासिक उपलब्धि। विश्व जगत् अभ्यस्त हामी पनि कम छैनौं पुस्तकालय संरक्षण। उस्तै युद्ध लड्नु छ जस्ता आउँछन् चुनौती पुस्तकालय जोगाउन।

मृत्युपछि

आश्चर्य मान्दै मनमनै गुनिन् –कुनै धर्मात्मा टोलीको काम होला । बुढी मरिछे भनेर फ्यालेका होलान् । मरेपछि माया र सम्मान पोख्ने जात, मान्छे न हो !

नेता

एक पार्टीले अर्कालाई धावा बोल्दै संसद् भवन कुरुक्षेत्र बनाउन उत्रिन्छन् बदनामी गर्दै बकम्फुसे नारामा देशलाई आगो नभएको चुल्हो बनाउँदै छन् यी नेता न इमानदारी बुझ्छन् न बफादारी बुझ्छन्।

टिनेपाटी

हण्डर र गोता खाँदै दस वर्षमा चारवटा बच्चा भए। यो पाँचौ हो । यो भत्कन लागेको पाटीमा बसेको पनि दुई वर्ष जति भयो। अलि समय बस्न पाए हुन्थ्यो । पाइने हो कि होइन ?” अनुनय भावले मलाई हेरिन्।

मानिस र हिंसा प्रवृत्ति

हिंसाले हिंसा नै जन्माउँछ। मानिसले स्वादको बसमा परेर भगवानलाई खुसी पार्ने बहानामा सयौं निर्दोष पशुको बलि चढाउँछ र पशुभन्दा आफू बलवान् भएको उदाहरण प्रस्तुत गर्छ। हत्या प्रायः अबोधको नै हुन्छ। अलिकति बलवान् र हिंस्रक जनावर रहेछ भने त्यसको हत्या गर्न हिच्किचाउँछ।

घर नै कारागार भएको धेरै भयो

विश्वमै हाहाकार,भएको धेरै भयो, घर नै कारागार, भएको धेरै भयो। जनताहरू कोरोनाले, तड्पिरहेका छन्, दलको मारामार, भएको धेरै भयो। जुन पाखुरीले, मैदानमा धावा बोल्छ, सधैं उसकै हार, भएको धेरै भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्