२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

नेता

कविता

जुनु खड्का

 

नेता न इमानदारी बुझ्छन्  

न बफदारी बुझ्छन्

मात्रै स्वार्थ लोलुप्ता बुझ्ने  

मात्रै रित्याउनु र निचोर्नुको

अर्थमा लुटपुट हुने,

सबैको पोल्टामा  

बस अब यही काम छ

लाद्ने र लादिने मोह छ

भोकपछि भोजन खोज्ने

ती फुस्रा वाचा  

भोजनालय देख्दै

फेरिन्छन्  

अपाच्य हुने गरी

फेरि केही वचनका चारो  

छरी नौजालमै बेर्ने दाउ छ

यस्तो परिस्थितिमा नेता

न इमानदारी बुझ्छन्

न बफादारी बुझ्छन्

 

जीवनमरणको दोसाँधमा  

छटपटिरहेका नेपालीको  

चित्कार सुन्ने फुर्सद छैन

पीडा बुझ्ने मन छैन

श्वास र ढुकढुकी बन्छौ भन्ने  

भाषण एकादेशका कहानी भए

कमिसन नाफामा डुबेपछि

गुट र फुटको ज्वालाले  

देश बस राख बनाउँदै छन्

असंख्या काँडहरूको बिचमा

पनि धैर्यशील जनताको

पटकपटक मर्मभेद गर्ने,

देशलाई अनकन्टार मरुभूमिको

विशाल मैदान बनाउँदै छन्

एक पार्टीले अर्कालाई

धावा बोल्दै संसद् भवन

  कुरुक्षेत्र बनाउन उत्रिन्छन्

बदनामी गर्दै बकम्फुसे नारामा

देशलाई आगो नभएको चुल्हो  

बनाउँदै छन् यी नेता

न इमानदारी बुझ्छन्  

न बफादारी बुझ्छन्।

प्रकाशित: २४ वैशाख २०७८ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App