वन्दना घिमिरे
‘ए बुढा ! सुन्नुहोस् त मलाई सुनको बाला, रानीहार, गलहरी, तिलहरी चाहियो।’
‘किन चाहियो ?’
‘स्वस्थानी व्रत बस्दा लगाउन।’
‘के नचाहिँदो कुरा गरेको ? कति वर्षदेखि स्वस्थानीको व्रत लिइराखेकी छौं । कहिले केही चाँहिदैन थियो । कुनै सामान नपुग्दा खोलाको बालुवाको बनाए पनि हुन्छ भन्ने कथा सुनाएको होइन ? फेरि अहिले एक्कासि त्यत्रो सुन किन चाहियो ?’
‘पोहोर परार मैले व्रत बस्दा पुजा गर्ने शिवजी सर्पको माला लाउने, बाघको छाला ओढने, भाङ धतुरो खाने गर्थें र पो जे चढाए पनि जे लगाएर पुजा गरे पनि हुन्थ्यो।’
‘अनि अहिले चाहिँ के भयो त ?’
‘लौ ! हजुरलाई थाह छैन ? अहिले त हाम्रा आराध्यदेव पशुपतिनाथका शिवजी १ सय ४१ किलो सुनको जलहरी लगाएर बस्ने भएका छन्। अनि कुनै गहना नलगाई पूजा गर्न जाँदा हेपेर वरदान नै दिएनन् भने नि ?’
प्रकाशित: २५ वैशाख २०७८ १२:२१ शनिबार