२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

विवादको छायामा पाराओलम्पिक

मैदान बाहिरका सबै विवाद छायाँमा पार्ने आशासाथ बुधबार रियो दी जेनेरियोमा पाराओलम्पिक खेलकुद सुरु हुँदैछ। राजनीतिक र आर्थिक समस्याबीच रियो २०१६ आयोजना गर्दा आयोजकले थुप्रै कठिनाइ झेलिरहेका छन्।

अन्तरीक्षमा विवादित क्युवस्याट प्रविधिको प्रयोग गर्दै क्यानी

विश्वभरका फिजिस्टले असम्भव भन्दै अस्विकार गरेको रियाक्सनलेस ड्रइभको विरोध गरिहेका छन्। क्यानीइन्सको एक कमिटिले भने उक्त ड्रइभ प्रयोग गरेर स्पेस परीक्षणमा पठाउने आफ्नो योजना रहेको बताएको छ।

विवादित बाफिया विधेयकमा फेरि छलफल

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) लाई फेरि संसदको अर्थ समितिले छलफलमा ल्याउने भएको छ। अर्थ समितिले उक्त विधेयक यसै साताको अन्त्यसम्ममा छलफलमा ल्याउन लागेको हो।

क्रिक्रेट विवाद मिलाउन सल्लाहकार समिति बनाउने आइसीसीको घोषणा

अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल (आएसीसी)ले नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको छ। आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज राजधानीमा पत्रकार सम्मेलन गर्देै नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति गठन गर्ने घोषणा गरेको हो।

चर्कियो कांग्रेस-एमाले विवाद

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीचको विवाद फेरि चर्किएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत् दाहालले पठाएको पत्रमा संविधान संशोधन गर्न भारतीय सहयोग मागेको आरोप एमालेले लगाउँदै आएको छ।

तमलोपामा ब्राह्मण–गैरब्राह्मण विवाद

काठमाडौं-राज्यका निकाय समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनमा होमिएको तराई–मधेस लोकतान्त्रिक पार्टीभित्रै वर्गीय विभेदले विवाद चुलिएको छ।

इराक–साउदी अरबबीचकाे विवाद उत्कर्षमा

इराकको विदेश मन्त्रालयले साउदी अरबलाई आफ्नो राजदूत फिर्ता लान आदेश दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे साउदी राजदुत तमर अल–सहबानले इराकबो बारेमा विवादित बयान दिएको भन्दै तत्काल उनलाई फिर्ता बोलाई उनको स्थानमा नयाँ राजदूतलाई पठाउन आग्रह गरेको हो

राप्रपा नेपालमा विवाद बढ्दो

इटहरी- राप्रपा नेपालका अध्यक्ष कमल थापा पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा यही भदौं १४ गते धरान आउने तयारीका क्रममा नेता–कार्यकर्ता दुई खेममा विभाजित भएर विवाद चुलिएको छ।

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।

कांग्रेसमा मन्त्रालय विवाद अन्त्य, पौडेल पक्षले पाँच मन्त्रालय पाउने

सरकारमा सहाभागी हुने मन्त्रीको संख्यालाई लिएर नेपाली कांग्रेसभित्रको विवाद अन्त्य भएको छ। सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि कांग्रेसभित्रको मन्त्रालय विवाद अन्त्य भएको हो।

विवादले पुनर्निर्माणमा ढिलाइ

गत वर्षको विनाशकारी भूकम्पमा भत्केको ऐतिहासिक र पुरातात्विक सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच विवादका कारण ढिलाइ भइरहेको छ। महानगरपालिका र पुरातत्व विभागबीच काष्ठमण्डप पुनर्निर्माणबारे आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ।

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या

देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

तमलोपामा तीव्र विवाद

नयाँ संविधान समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलन गर्ने तराई मधेस लोकतान्त्रिक पार्टीको आफ्नै सांगठनिक संरचना भने असमावेशी छ। तराई–मधेसका कथित उच्च जातिको बाहुल्य रहेको पार्टीका रूपमा परिचित तमलोपाले गत साउन ३० गते केन्द्रीय समितिलाई पूर्णता दिँदै सार्वजनिक गरेको सूचीप्रति असन्तुष्टि बढेको छ।

यस्तो छ हलेसी महादेवको पूजारी विवाद

खोटाङ– सर्बोच्च अदालतले खोटाङको धार्मिकस्थल हलेसी महादेबस्थानको पूरानो पुजारीका पक्षमा गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको छ। सर्बोच्चले गत फागुन–२ गते परम्परागत पूजारीलाई पदस्थापन गर्न भन्दै गरेको फैसला कार्यान्वयनमा चुनौती देखिएको हो।

नेविसंघको विवाद मिल्यो

नेविसंघका देखिएको विवाद समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ। दुई नेताबीच फर्जी मतदाता नामावली सच्याउने, कुनै जिल्लालाई लक्षित गरी थप गरिएका प्रतिनिधिलाई रद्दगर्नेलगायत सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्