१९ आश्विन २०८१ शनिबार
image/svg+xml
प्रविधि

अन्तरीक्षमा विवादित क्युवस्याट प्रविधिको प्रयोग गर्दै क्यानी

विश्वभरका फिजिस्टले असम्भव भन्दै अस्विकार गरेको रियाक्सनलेस ड्रइभको विरोध गरिहेका छन्। क्यानीइन्सको एक कमिटिले भने उक्त ड्रइभ प्रयोग गरेर स्पेस परीक्षणमा पठाउने आफ्नो योजना रहेको बताएको छ।

क्यानीइन्सले यसका लागि आफुहरुले एक प्रोटोटाइप स्टिमको प्रर्दशनी गरिसकेको बताउँदै यही क्युवस्याटको प्रयोग गरेर आगामी अन्तरिक्ष मिसनका लागि जाने तयारीमा रहेको जनाएको छ।

थर्मोडानामिक्स नियम मिचेको भन्दै यस प्रविधि विवादित बन्दै आएको छ। तर उसले भने यदि क्युवस्याट  प्रविधिको परीक्षण सफल भएकोमा यसले फिजिक्सको बर्तमान बुझाइलाई अझ सहज बनाउने जनाएको छ। हाइपोथेट्रिकल इमड्राइभ जस्तै रहेको क्यानी ड्राइभले सबैलाई विश्वासमा लिदै सहज निकास दिने कमिटिले जनाएको छ।

उसले यस प्रविधिको प्रयोग गरि केबल दश हप्तामा नै मंगल ग्रहमा पुग्न सक्ने दाबी गरेको छ। यो प्रविधिले लोरिन्टेज इलेक्ट्रोम्यागनेटिक फोर्सम निर्भर हुनेछ । उक्त प्रविधि ग्युडो फिटाले आविस्कार गरेका थिए । गत अगस्ट १७ मा उक्त कमिटिले स्पेस परिक्षणका लागि यहि प्रविधिको प्रयोग गर्ने घोषणा गरेको थियो ।यस मिसनलाई पुर्णता दिनका लागि उसले थ्यिुसीयस स्पेस इन्स नामक अर्को कम्पनीको स्थापना समेत गरेको छ । यसका लागि सिक्सयु क्युवस्याटको प्रयोग गरिने कम्पनीले जनाएको छ । उक्त कमिटिले भनेको छ ‘थ्यिुसीयसले डेमो क्युवस्याट प्रविधि सार्वजनीक गर्दैछ जसले अर्विटलाई १ सय ५० माइल एल्टिट्युट भन्दा तल राख्न मद्धत गर्छ ।यस क्युवस्याटले आफ्नो एलइवो एल्टिट्युटलाई कायम राख्दै ६ महिनासम्म काम गर्नेछ ।

यसको प्राथमिक लक्ष्य अर्विटमा आफ्नो ट्रस्टर प्रविधिको प्रयोग गर्नु रहेको कम्पनीले जनाएको छ । ‘यसको सेकेन्डरी लक्ष्य भनेको क्यानी ट्रस्टर प्रविधीले अर्विटल अल्टिट्युड र इन्क्लाइनेशन परिवर्तनमा कसरी काम गर्न भन्नु नै हो कमिटीले भनेको छ।

यदि यस प्रकारको प्रविधिले सफलता पाएमा यसले स्याटलाइटको क्षेत्रमा युगान्तकारी परिर्वतन ल्याउनुका साथै स्याटेलाइट क्षेत्रमा एउटा क्रान्ती ल्याउने पपुलर मेकानिक्सले औल्याएको छ।

कम शक्ती , मास र भोलुम चाहिने भएकाले क्यानी ट्रस्टर प्रविधि विषेशतः साना स्याटलाइट मिसनका लागि प्रयोग हुनेछ। कम्पनीले यस योजनाका लागि आफुहरुले ल्याएको क्युवस्याट मिसन संचालनमा रहिरहन १.५ युनिट भोलुम तथा १० वाट भन्दा कम पावर लाग्ने अनुमान गरेको छ।

कमिटिले आफ्ना प्रतिद्धन्धी अन्य संस्थाले यस्तै प्रविधिको विकास गर्ने भन्दै तत्काललाई आफ्नो सार्वजनीक मिति भने घोषणा गरेको छैन । गत महिना कम्पनीले नासाले पनि यस्तै प्रविधिको विकास गर्न लागेको दाबी गरेको थियो। तर यस प्रविधिले पूर्ण रुपमा सफलता पाउनेमा फिजिस्टहरु भने अझै दुविधामा रहेका छन्।

 

 

 

प्रकाशित: २० भाद्र २०७३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App