३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ग्रिल व्यवसायमा दुर्घटना बढ्दो

ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको व्यवसायीहरूले बताएका छन्।

इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत सुचना प्रविधि विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन्। त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (अनर्स) कम्प्यूटिङ, बीएस्सी कम्प्यूटर नेठटवर्किङ र आइटी सेक्यूरिटी, बीएस्सी अनर्स मल्टिमिडिा टेक्नोलोजी विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भए।

कमलपोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुवेर ६ वर्षीय एकजना बालकको मृत्यु भएको छ।

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ। पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ।

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

कमलपोखरीमा डुबेर मृत्यु

भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृत्यु भएको हो ।

काठमाडौँमै जग्गा जोड्नुपर्ने ?

केही समययताका अखबारहरू नियाल्दा कहिले ठमेलको कमलपोखरी मासेर बनेको छाया सेन्टर नामको १५ तले व्यापारिक भवन त कहिले ललिता निवासको जग्गा प्रकरण प्रमुख समाचार शीर्षक बनेका देखिन्छन्।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरेको छ।

छाया सेन्टर निर्माण गर्नेमाथि कारबाही माग

राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पोखरी मासेर कम्प्लेक्स बनाउनेमाथि कारबाहीको माग गरेका हुन्।

कमलपोखरीको ऐतिहासिक तस्बिर

अभियन्ता भागवतनरसिंह प्रधानको पुस्तक कमलपोखरीको ऐतिहासिक तस्बिर हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सिमित  पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दामसमेत जग्गा हडपेर ठमेलमा छाया कम्प्लेक्स निर्माण गरिएको तथ्य पुस्तकबाट छर्लंग हुन्छ।

कमलपोखरीमा पनि बम फेला

काठमाडौंको कमलपोखरीमा बम फेला परेको छ। ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएलगत्तै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन रेष्टुरेण्टको बाहिरी भागमा बम फेला परेको हो।

सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स

छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ। राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो।

अदालतले अब के गर्ला ?

पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कसको पक्षमा हुने हो ? प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महŒवपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको छ।

सन्देश र दिआर ‘उत्कृष्ट कलाकार’

शैली थिएटरले आयोजना गरेको ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’ सम्पन्न भएको छ। शैलीले माघ ८ गतेबाट राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा विभिन्न विद्यालयका बालबालिकाहरू सहभागी गराई महोत्सव आयोजना गरेको थियो। महोत्सवमा १९ सामुदायिक तथा निजी विद्यालयले २० नाटक मञ्चन गरेका थिए। शैलीले छ विधाका ‘उत्कृष्ट कलाकार’लाई पुरस्कृत गरेको थियो। जसमा पुरुषतर्फ नाटक ‘ठूलो मान्छे’ का लागि होली एन्जल्स स्कुल आरुबारीका १३ वर्षे सन्देश गिरी र अर्को एक नाटकका लागि महिलातर्फ दिआर खड्गा ‘उत्कृष्ट कलाकार’ घोषित भए। उनीहरूलाई प्रमाणपत्र र जनही १० हजार प्रदान गरिएको थियो। ‘पब्लिक च्वाइस अर्वाड’ भने होली एन्जल्स स्कुलकै भावना मगरले जितिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्